संसारको कानुनहरूलाई सर्सती हेर्दा कानुनको श्रोतमा रीतिरिवाज वा प्रथालाई प्रमुख श्रोतको रुपमा लिइन्छ । रीतिरिवाज कानुनको सबैभन्दा प्राचिन श्रोत हो । समाज बन्ने उपक्रममा विकसित रीतिरिवाजले समाजलाई बाँध्ने काम मात्र होइन, सुसुचित र सुरक्षित गर्ने कार्य पनि गर्दछ । कानुनको भाषामा यसलाई प्रथाजनित कानुन (ऋगकतयmबचथ ीबध) भनिन्छ ।
नेपालमा रहेका सबै जाति, भाषिक समूहहरूमा प्रथाजनित कानुनहरू रहेका छन् । सिंगो देशले अपनाएको कानुनले देशको प्रशासनिक क्षेत्रमा न्याय गर्ला । तर धेरै जसो न्यायिक कामहरू आफ्नै समाजमा टुंग्याउने काम गर्दछन् नेपालका आदिवासीहरूले । प्रचलित कानुनले टुंग्याएको फैसलालाई आदिवासीहरूको प्रथाजनित कानुनले आफ्नै ढंगले टुंग्याएपछि मात्र पूर्णरुपमा फैसाला भएको मान्छन्मा/निन्छ ।
प्रथाजनित कानुनलाई मुलधारकै कानुनमा समाहित गराउन अहिले कानुन व्यावसायीहरूले आफ्नै ढंगले खोजअनुसन्धान गरी लागिपरेका छन् । विशेषगरी आदिवासी समुदायको कानुन व्यावसायीहरूको जोडले यस क्षेत्रलाई नेपाली समाजमा बुभ्mन र बुझाउनमा सहयोग गरिरहेका छन् । कानुन व्यावसायी अमृता थेबेको ‘लिम्बू जातिको तुम्याङ न्याय प्रणाली (प्रथाजनित कानुन)’ पुस्तक यसैमा जोड दिने एउटा गतिलो पुस्तक हो ।
लिम्बुवान क्षेत्रभित्र रहेका तुम्याङ न्याय प्रणालीले कतिपय अदालती कामकार्वाहीलाई न्यून बनाइदिएको छ । दश लिम्बूको रीतिथितिमा हाङ (राजा), तुम्याङ (मन्त्री, भारदार), यक्तुम्बा (मूल सरदार) का रुपमा रहेर ज्यानमारलाई बदली ज्यान लिने, चोर्नेको हात उम्लेको पानीमा डुबाउने, छुल्याहालाई देवीथानमा लगेर आइन्दा यस्तो काम नगर्ने भनी कसम खुवाइने, हाडफोरालाई आजिवन दास बनाउने तथा दुधफोरालाई ओढारमा लगेर राखिने गरिएको पाइन्छ । यी कानुनहरूलाई अहिले देशको मूल कानुनले समेटेता पनि जन्म, विवाह, मृत्युलगायतका सांस्कारिक कानुनहरूमा आदिवासीहरूले आफ्नै ढंगले संस्कारेर लैजाने गर्दछन् ।
तुम्याङ अर्थात जेठोपाको, लिम्बूहरूको रीतिथिती (मुन्धुम) जानेको मानिस । जसबाट लिम्बूहरूको सामाजिक कानुनको रक्षा गर्दछ । जन्म, न्वारन, भैयाद बनाउने कार्य, धर्मपुत्र राख्ने, क्रिया सार्ने, हाडनाता बिग्रने, बेवारिसे बालक, शिर उठाउने, जारी उठाउने, विवाह तथा मृत्युमा गरिने सांस्कारिक कानुनहरूले तुम्याङको निर्णयलाई अन्तिम मानिन्छ ।
अृमता थेबेको पुस्तकमा यि प्रथाजनित कानुनहरूको व्याख्या तथा उपयोगिताको चर्चा गरिएको छ । प्रथाजनित कानुन न्यायसंगत मात्र होइन, विज्ञानसम्मत रहेको पुष्टिसमेत गरिएको कुरा पुस्तकमा भेटिन्छ ।
जम्मा ७ खण्डमा विभाजित पुस्तकको पहिलो खण्डमा लिम्बूजातिको परिचय, उत्पति, इतिहास, किपट र प्रशासनिक इलाका, संस्कृति र संस्कार, धर्मलाई समेटिएको छ । दोश्रो खण्डमा प्रथाजनित कानुनको परिचय र नेपालमा विद्यमान प्रथाजनित कानुनलाई अंगालेर आफ्नै कानुन मान्ने आदिवासी कानुनलाई प्रष्ट्याइएको छ । तेश्रो खण्डमा लिम्बू जातिमा रहेको तुम्याङ न्यायप्रणालीको बारेमा फेहरिस्त रहेको छ भने चौथो खण्डमा रहेको अन्तर्राष्टिय कानुनहरूमा रहेको प्रथाजनित कानुनका पाटाहरूलाई उजागर गरेर आदिवासीमा रहेको कानुनको औचित्यलाई फराकिलो बनाउनमा मद्दत गरेको छ । पाँचौ खण्डले अहिले नेपालमा बन्न लागेको संविधानमा प्रथाजनित कानुनको भूमिका, संघीय राज्य व्यवस्थामा प्रथाजनित कानुनको महत्वलाई समावेश गराउन सकिनेबारे स्पष्ट्याइको छ ।
पुस्तकले लिम्बू जातिको तुम्याङ न्यायप्रणालीलाई बुझ्न मात्र होइन, प्रथाजनितको कानुनको वैज्ञानिक पुष्टि र संविधानमा प्रथाजनित कानुनलाई बढवा दिँदाको महत्वलाई प्रकाश पारिएकोले गर्दा पुस्तक जानकारी र सुझावमुलक मान्न सकिन्छ ।
पुस्तकको कभरसहित जम्मा ११४ पेजमा अटाइएको पुस्तकलाई विश्व याक्थुङ मुन्धुम समाज, धरानले प्रकाशन गरेको हो ।
पुस्तकः लिम्बू जातिको तुम्याङ न्याय प्रणाली (प्रथाजनित कानुन)
लेखकः अमृता थेबे
प्रकाशकः विश्व याक्थुङ मुन्धुम समाज, धरान
प्रकाशन वर्षः २०६९
मुल्य रु १५०।–