हामि छूट्टिएको एक मिनेट पनि भएको थिएन उनको माया कलल जागेर आयो । हिथ्रो बिमानस्थलको अध्यागमन द्वारभित्र छिर्नु अगाडी अँगालोमा हालेर राम्रोसँग जानुस है, भोलि काठमान्डु पुगेपछि फोन गर्नेछु भनेको थिएँ । हेन्ड क्यारी लतार्दै द्वारबाट ओझेल पर्नु अगाडी पिछाडी फर्केर मलाई अन्तिम पटक पुर्लुक्क हेरेर हात हाल्लाएपछी मेरो भक्कानो छुटेर आएको थियो । त्यस छंण अचानक आसुँहरू छचल्केका थिए । ६ महिना भएको थियो उनीसँग संगै बिताएको । करिब २५ बर्सपछी होला हामि यसरी यति लामो संगै बसेको । बैँसमै बिदेसियको हुनाले लामो भएको थियो आमासँग संगै बस्न नपाएको ।
पोहोर सालको ग्रिस्म बिदा सुरुभएपछी आमालाई घुमाउन बेलायत ल्याएको थिएँ । सुनेको तर पहिला कहिल्लै नदेखेको कान्छो नातिसँग बेस्सरी खेलिन पार्क र समुन्द्रको बगरमा बालुवासँग, स्कुल लग्ने ल्याउने पनि गरिन, जाने बेलामा नातिको छैठौ जन्मोत्सब पनि भेटिन । नातिहरूको लहै लहैमा दुई चार वटा अङ्रेजी शब्द पनि सिकेकी थीइन । गोरा-गोरेनीलाई बाटामा भेटदा गुड मर्निङ पनि फर्काइन । हाइस्ट्रिटमा स्थानिय बासिन्दालाई देखेर कति राम्रा अनि भलादमी हुन याँहाका मान्छे भन्थिन् । गोरेनीले बच्चा गड्डीमा हालेर हिँडाएको देख्दा उनलाई सम्झना आएछ- मलाइ घाँसको भारिमाथी राखेर बनबाट फर्केको । रेडनर पार्कमा एकदिन घुम्दै गर्दा डोरीले बानेको पप्पीलाई देखेर- मैले पनि तँलाई रुखको डालीमा चढी घाँस काटदा फेँदमा दाम्लोले बाँधेर राख्थे- भनेकी थीइन । अचम्मै लागेको थियो मलाइ के म त्यसरी हुर्किएको थिएँ भनेर !
प्रायजसो सप्तान्तको बिहान आमासँग वरिपरि घुम्न जान्थें । एक सनिबार आमा छोरा सामुन्द्रिक तटमा हिँडन गयौं । घरबाट निस्कदा घमाइलो थियो । बेलायती मौसम न हो, एक घन्टापछी पानी दर्किन लाग्यो । मैले हिँजराती बी बी सी मा मौसमी विवरण हेर्न भुलेछु । घर फर्किदा लुथ्रुक्कै भएका थियौं । त्यस बेलुका मलाइ रुघा लाग्यो र जरो आउन थाल्यो । म सोफामा पल्टेको थिएँ । आमाले टाउको मालिस गरिदिनु भयो । आमाको स्नेहपुर्ण स्पर्सले बालक कालको सम्झना दिलायो । मैले यसरिनै तोरीको तेलले तँलाई घाममा राखेर मालिस गरिदीन्थे- उनले भनेकी थीइन । हो म त्यस बेला आमाको काखमा टाउको राखेर आँखा चिम्म गरेर तिनै दिनहरूको कल्पनामा डुबेको थिएँ । सम्झना छ मैले ६ बर्ससम्म आमाको दुध पिएँको । मैले आमाको गुन्युको फेरो समात्दै गर्दा खिचेको एउटा रङ्गहिन फोटो छ एलबममा आजसम्म । मलाइ आमाको दुध र गुन्यु घलेकको गन्ध आइरहेको थियो त्यति बेला उनको न्यानो काखमा तेर्सिन पाउँदा ।
म र बुहारी काममा । दुई नातिहरू स्कुल । आमा दिउँसभरी एक्लै घरमा हुन्थिन । घरको नजिकै नातिको स्कुल थियो । झ्यालबाट उनले बिहान सबेरै आफ्ना छोरा छोरि ल्याएर गेटमा कुरेका गोरेनीहरू देख्थिन । अनि भन्थिन यहाँका गोरेनीले कति धेरै बच्चा जन्माउन सकेका । याँहाको जन्मदर बास्तवमा सन्सारकै सबैभन्दा थोरै रहेको बिचरा आमालाई के थाहा ।
आज सोमबार म कामबाट सदाझैँ घर फर्के । मेरो कारको हेड लाइट लिभिङ रुमको झ्यालमा पर्न साथ छोरा आयो भनि सधैं ढोका खोल्थिन । आज भने कसैले खोलेन ढोका । कारको चाबीको झुप्पामै रहेको अर्को चाबीले ढोका खोलेर म भित्र प्रबेस गरें । उनी सुत्ने बिस्तरामा एकचोटी चियाएँ, उनी थिइनन । सम्झे आज दोस्रो दिन, उनी त काठमाण्डौ हुँदै बुटवल पो पुगिसकिन । पिर लागेर आयो भेटन आउने आफन्तले दिएको चिनो स्वरुप स्विटरहरूले भरिएको टन्न सुटकेस कसरी लतारि होलिन बाटोमा । मात्रै देखे उनको कोठामा एउटा रडियो जसका ब्याट्रीहरू टेबुलमा पल्टिरहेका थिए । बि फ बि एस् आमाले सुन्लिन भनेर किनिदिएको रडियो । हुन पनि हो बि फ बि एस् उनको साथि भएको थियो बेलायतमा रहुन्जेल ।
आज सबै परिवार खान बस्यौं टेबल वरिपरि । मैले जिस्काएर सानो छोरालाई भनें- जाउ माथी गएर बजुलाई खान आउन भन । छोराले- बजु त नेपाल गैसक्नु भयो- भन्दा म झसँग भएँ । मिठो लागेन खाना त्यति । सम्झेर आमालाई अहीलै टेलिफोन घुमाउन मन लागेको थियो । चाहेँ भने १२/१५ घण्टाको बाटो त होनि बेलायत देखि नेपाल आमालाई भेट्न जान । उहिले म कठमान्डुमा, आमा गुल्मीको तम्घासमा हुँदा ३ /४ दिन लाग्थ्यो भेटन जान । अहिले त चाहेमा एक कल त हो आमासँग टेलिफोनमा हेल्लो भन्न । यस्ता बीचारहरूसँग बरालिदै आफैलाई बुझाउने प्रयास गर्दै बिस्तरामा ढल्केको थिएँ । छोडेर गएकी आमाको मायाले खुबै सताउंदै बल्ल बल्ल निदाएको थिएँ त्यस रात । कस्तो होला यो आमाको माया ! मलाइ मात्रै हो की सबैलाई ।
तपाईंको प्रतिकृया
wow really itz a nice story,keep it 4ever n god bless u n ur every step of lyf.dami story dada manai 6une,yastai ho aama ko maya nai,sabai lai yasto ho dada jo aafno aama bat tadha 6an uni haru lai ni yastai feelings hun6.malai chai last man paryo yo story..............................
Dai, tapaiko shabdaharule jaba aama ktm bata UK janu bhaeko thiyo, malai pani testai bhayeko thiyo.Yo tapaiko katha/lok-katha nabhayera bastabikta ho,jo dherai nai touchy cha dai...dherai nai. Mannko gahirai lai choyera manchelai sarhai nai bhawuk banai dincha tapaika shabdaharule. But dai, don't go in so much depth. It does not only touch but it enters in our heart and brings out all our sentiments and feeling very very emotionally.
I did not mean to make you sad by posting this story however thanks for your comments Arjun and Surya ji,
I did not mean to make you sad by posting this story however thanks for you comment Arjun and Surya ji,
Dear Arjunji, sorry I did not mean to make you sad and cause you drop your tears, however glad you enjoyed reading it. Thank you all for liking my story and your lovely comments.
गोरेनीले बच्चा गड्डीमा हालेर हिँडाएको देख्दा उनलाई सम्झना आएछ- मलाइ घाँसको भारिमाथी राखेर बनबाट फर्केको,रेडनर पार्कमा एकदिन घुम्दै गर्दा डोरीले बानेको पप्पीलाई देखेर- मैले पनि तँलाई रुखको डालीमा चढी घाँस काटदा फेँदमा दाम्लोले बाँधेर राख्थे- भनेकी थीइन ।))))))मैले आमाको गुन्युको फेरो समात्दै गर्दा खिचेको एउटा रङ्गहिन फोटो छ एलबममा आजसम्म । मलाइ आमाको दुध र गुन्यु घलेकको गन्ध आइरहेको थियो त्यति बेला उनको न्यानो काखमा तेर्सिन पाउँदा ।
)))))मेरो कारको हेड लाइट लिभिङ रुमको झ्यालमा पर्न साथ छोरा आयो भनि सधैं ढोका खोल्थिन । आज भने कसैले खोलेन ढोका ))) .....Very nice..mero ta asnu nai jharryo.
Really great feeling , nothing like mother's love and no one can do beside mom. thanks for your all words you make my day .
tapailai matra hoina sabailai yastai hun6.
It was nice piece of writing. Mothers are always best :)
सधन्यबाद तपाईंहरूको प्रतिक्रियाकोलागी!