बालकको रुची, भावनात्मक संवेग, खेल तथा विभिन्न क्रियाकलापप्रति गरिने विशेष अध्ययनलाई बालमनोविज्ञान भनिन्छ । बालकले उमेर अनुसार कस्तो व्यवहार देखाउ“छ, कस्तो रुची राख्दछ यसले उसको मनोविज्ञानमा कस्तो असर पर्दछ भन्ने अन्वेषण तथा अनुसन्धान गर्नु नै बालमनोविज्ञानको कार्यक्षेत्र हो । हाम्रो देशमा बालकको मनोबिज्ञानलाई दृष्टिगोचर गरेर कुनै पनि ोस कार्य गरिएको देखि“दैन । अझ अहिले सामाजिक द्वन्द्व, हत्या र हिंसाले उनीहरूको मनोविज्ञानमा नकरात्मक असर पर्दै गएको देखिन्छ ।
यस एक्काइसौ“ शताब्दीमा आर्थिक र सामाजिक रूपले सम्पन्न भएका विश्वका बालबालिकाहरूले मनोवैज्ञानिक तवरले लालन-पालन तथा शिक्षा पाइरहेका छन् । उनीहरू ज्ञान-विज्ञानमा धेरै अगाडि बढिसकेका छन् भने हाम्रा बालबालिका अत्यन्त दयनीय अवस्थामा छन् । केही सामाजिक तथा आर्थिक रूपले सुरक्षित भएका बालबालिकाले पनि मनोवैज्ञानिक तरीकाले शिक्षा पाइरहेका छैनन् । बालबालिकाको बौद्धिकस्तर उकास्न शिक्षास“ग सम्बन्धित रहेको भाषा तथा साहित्यलाई अत्यन्त महत्त्वपर्ूण्ा मानिन्छ ।
बालबालिकाको शारीरिक र मानसिक विकासक्रमको आधारमा उनीहरूको विकासक्रमलाई चार भागमा बा“डिएको छ । बालक जन्मने बित्तिकैको अवस्था देखि लिएर दर्ुइ हप्ताको अवधिलाई बच्चाको नवजात अवस्था भनिन्छ । यस अवस्थामा बच्चा भर्खरै आमाको कोखबाट जन्मिने हुनाले उसले बाहिरी वातावरणप्रति आफूलाई समायोजित बनाउ“दै लगेको हुन्छ । यस अवस्थामा उसले आफूलाई क्रमशः वातावरणप्रति अनुकुल बनाउ“दै लगेको हुन्छ । यो अवस्था अत्यन्त संवेदनशील अवस्था पनि हो ।
यसपश्चात बालकको शैशवास्था ९द्यबदथ जययम उभचष्यम० शुरु हुन्छ । दर्ुइ हप्ताको समयदेखि दर्ुइ वर्षो अवधिलाई शैशवास्था भनिन्छ । यस अवस्थामा बालक परनिर्भरता र असह्यपनबाट पर्ूण्ा स्वतन्त्र हुन्छ । यस अवधिमा उसले विभिन्न कुराको ज्ञान पाइसकेको हुन्छ । यो उमेर बालकको तीब्र विकास हुने उमेर हुनुको साथै शारीरिक र मानसिक रूपले बढी विकास हुने समय हो । यस बेला बालकले भाषा, गीत, संगीतप्रति आफूलाई आकषिर्त पार्दै लैजान्छ । यस समयमा उसले जुन भाषा सिक्छ त्यसैको नक्कल गर्न थाल्दछ । उसको संगीत प्रति बढी रुची हुन्छ । यस अवस्थाका बालकले आफूले पढ्न जानेको हु“दैन तर बालकलाई लालन पालन गर्नेले आफ्नो भाषाको गीत लोरीहरू जानेको हुनर्ुपर्दछ । उसलाई खुवाउ“दा, सुताउ“दा वा खेलाउ“दा उनीहरूले मन पराउने खालका लोरीहरू सुनाउनु पर्दछ । यस्ता लोरी गीतहरू हाम्रो भाषामा त्यति धेरै नभए पनि केही मात्रामा अवश्य छन् । हाम्रा अग्रज साहित्यकार राष्ट्रकवि माधव घिमिरे, कृष्णप्रसाद पराजुली, विश्वम्भर चञ्चल, कल्पना प्रधान, दैवज्ञराज न्यौपाने, रामबाबु सुवेदी आदिले यस्ता लोरी गीत गाउने खालका गीतहरू सिर्जना गरेका छन् । यस्ता लोरीगीत लेख्दा साहित्यकारहरूले बालकको बौद्धिकस्तर हर्ेर्नु पर्दैन, मात्रै उनीहरूलाई मनपर्ने लय र शब्दहरूको छनोट गर्नु पर्दछ । यसमा सबभन्दा बढी लोकलयलाई प्राथमिकता दिइन्छ । अझ आधुनिक खालका लोरीगीत सिर्जना गर्न सकेमा हाम्रो बालसाहित्य सम्पन्न हुनेछ भन्ने कुरामा दुइमत हुन सक्दैन । यस कालमा गाइने लोरी गीत बालकले हैन, बालकलाई स्याहार गर्नेले पढ्ने र गाउने हुनाले शब्दहरू अप् ्यारा भएपनि कुनै फरक पर्दैन । आजकल हाम्रो समाज एकल परिवारमा विकसित हु“दै गएको छ । यस्तो अवस्थामा एक्लो आमाले बालकलाई हर्ुकाउनु पर्ने हुन्छ । आमाहरूले लोरी गीत गाउ“दै खुवाउनु पर्ने, खेलाउनु पर्ने र सुताउनु पर्ने हुन्छ । लोकभाकामा भएका कतिपय यस्ता लोरीगीत आमाहरूलाई थाहा नहुन सक्छ । जस्तै, कुखुरी का“ भन्दै सुतेर बालकलाई खुट्टामा उफार्ने, बुबु मामा हाम्म भन्दै खुवाउने, मेरो सानो खरायो भन्दै खेलाउने, हो यस्ता लोरीगीतहरू आमाहरूले जानी राखेर बालकलाई प्रयोग गरेमा उनीहरूको शारीरिक विकास र मानसिक विकास तीब्र हुनका साथै हाम्रो भाषाको साहित्यप्रति लगाव बढ्ने थियो । यस्ता लोरीगीतहरू पुस्तकमा मात्र सिमीत नराखी बालसाहित्य प्रकाशनले सिडी मार्फ चलचित्र बनाउन सके धेरै आमाहरूले यस सम्बन्धि जानकारी पाउने थिए । यसबाट एउटा बालकले धेरै लाभ पाउने थियो जस्तै खानलाई रुची बढ्ने, निन्द्रा लाग्ने, मनोरञ्जन हुने र व्यायाम पनि हुन्छ । यस्ता लोरीगीतलाई बालसाहित्यकारहरूले अझ समय सापेक्ष विकास गदर्ैर्ैैानसकेमा नेपाली बालसाहित्य सुदृढ हुने थियो ।
शैशवास्था नाघेपछि बालकको पर्ूव-बाल्यावस्था ९भ्बचथि अजष्मिजययम० अवस्था शुरु हुन्छ । यो अवास्था दर्ुइ वर्षेखि लिएर छ वर्षो उमेरसम्म रहन्छ । यस अवस्थामा बालकको शारीरिक आकार स्वरूपमा आउने वृद्धिभन्दा संवेगात्मक वाचन तथा मानसिक क्षमताको विकास तीब्र रूपमा हुन्छ । यस उमेरलाई बालकको आधारस्तम्भको रूपमा लिइन्छ । यो अवस्था बालकको बौद्धिक विकास हुने प्रारम्भिक चरण पनि हो । यस अवस्थामा बालकमा केही मात्रामा भए पनि अक्षरहरूको ज्ञान भइसकेको हुन्छ । बालकका लागि भाषाका साथै साहित्यको पनि आवश्यकता पर्दछ । यस्ता बालकहरूका लागि पुस्तक सरल शब्द र चित्रहरू बढी भएका हुनर्ुपर्दछ । यस उमेरका बालकका लागि ूल- ूला चित्र र शब्द भएका अनि एउटै शब्द दोहोर्याएर लेखिएको हुनर्ुपर्दछ । यस बेलामा गीत र संगीतले ूलो असर पार्दछ । उनीहरू समूहमा खेल्न रमाउन चाहने हु“दा सामूहिक गीत तथा संगीतको आवश्यकता पर्दछ । त्यसैले उनीहरूको बौद्धिकताले भ्याउने खालका साहित्य सिर्जना गर्नु पर्दछ । यस्तै हास्यस्पद चित्र, कार्टर्ुुे पनि उनीहरूलाई बढी आनन्द प्रदान गर्दछ । यस समयमा मनोरञ्जनात्मक साहित्यिक ज्ञान दिन राम्रो हुन्छ । तर हाम्रो बालसाहित्यमा यस अवस्थाका लागि भनेर खासै स्तरीय कृतिहरू सिर्जना हुन सकेको छैन । केही गौणरूपमा पुस्तकहरू प्रकाशित भएका छन् । हाल आएर रातो वंगाला, रूम यु रिड, अर्लि चाइल्ड हुड एजुकेशन आदिले यो तर्फ ध्यान दिएको पाइन्छ ।
यो अवस्थापछि बालकको उत्तर बाल्यावस्था शुरु हुन्छ । पर्ूव बाल्यावस्था देखि यौवनावस्थाको बीचको समयलाई उत्तरबाल्यावस्था भनिन्छ । बालकको ६ वर्षेखि तेह्र-चौध वर्षम्मको अवस्थालाई उत्तरबाल्यावस्था भनिन्छ । यो अवस्था निकै महत्त्वपर्ूण्ा अवस्था भएको हुनाले उसले पर्ूव-बाल्याबस्थामा बनाएका अबधारणाहरूलाई वातावरण अनुसार परिमार्जित र परिष्कृत गर्दै लैजान्छ । बालकले घर, स्कुल र समाजबाट धेरै कुरा सिकिसकेको हुन्छ । उनीहरूले वातावरण अनुसार आफूलाई समायोजित गर्दै लगेको हुन्छ । यस उमेरमा उनीहरूको सुक्ष्मरूपले अध्ययन गरिनु र बालमनोवैज्ञानिक ढङ्गले परिचालन गर्नु पर्दछ । भाषा र साहित्यको आधारमा हर्ेर्ने हो भने यस उमेरलाई दर्ुइ चरणमा बा“ड्न सकिन्छ । पहिलो चरणको उत्तर बाल्याबस्था र दोस्रो चरणको उत्तर बाल्यावस्था । पहिलो चरणको उत्तर बाल्यावस्थामा बालक केही अपरिपक्व हुन्छ । बालकले भाषाको मात्रा, जोडिएको अक्षर र टुक्काहरूको ज्ञान पाइसकेको हु“दैन । यस समयको लागि साहित्य सिर्जना गर्दा शब्दहरू अत्यन्त सरल, नजोडिएका र मात्रा बढी नभएका हुनर्ुपर्दछ । उनीहरूले मात्रा केही मात्रमा जानेका त हुन्छन् तर त्यसको प्रयोग राम्ररी गर्न जानेका हु“दैनन् । तर्सथ मात्राहरू चिन्न सहयोग गर्ने खालका साहित्यिक कृतिहरू सिर्जना गर्नुपर्ने हुन्छ । यस उमेरका बालकहरू उट्पट्याङ्गे स्वभावका हुने हुनाले हास्यस्पद कार्टर्ुुचत्रहरू पनि उनीहरू असाध्यै मन पराउ“छन् । यस अवस्थाका लागि भनेर पनि खासै साहित्यिक सिर्जना हुनसकेको नेपाली बालसाहित्यमा जति पनि साहित्यिक कृति रचना भएका छन् ती सबै उत्तर बाल्यावस्थाको दोस्रो चरणका लागि मात्र सिर्जना भएका छन् । यद्धपि विदेशी भाषाको तुलनामा नेपाली बालसाहित्यमा बालकको मनोवैज्ञानिक पक्ष हेरेर बाल सिर्जना गरिएको कृति धेरै कम छन् । हामीले बढी लोककथा, जीवजन्तुहरूलाई पर्यायको रूपमा लिएका छौ“ । ती रचनाहरू केही समय अगाडिसम्मका लागि समय-सान्दर्भिक थियो तर अहिलेको समाज परिवर्तनशील छ । यसले बालसाहित्यमा पनि असर पारेको छ, तर्सथ अहिलेका बालबालिकाहरू हितोपदेश, अर्ती, उपदेश र आदेशका कुरालाई मात्र मान्दैनन् । उनीहरू अटेरी र जिद्धीवाल हु“दै गएका छन् । उनीहरू बढी भन्दा बढी स्वतन्त्ररूपमा मनोरञ्जनात्मक ढङ्गले शिक्षा लिन चाहन्छन् । त्यस्तै साहित्यमा पनि उनीहरू नया“ किसिमका स्वाद चाहन्छन् । यस उमेर समूहमा बालबालिका धेरै परिपक्व भइसक्ने हुनाले शब्दहरू राम्रो पढ्न सक्ने भइसकेका हुन्छन् । तर पनि धेरै अप् ्यारा खालका शब्द र गाह्रो वाक्यहरू राख्न हु“दैन । जसले गर्दा उनीहरूलाई साहित्यप्रति वितृष्णा जाग्न सक्दछ । यस उमेर समूहका लागि साहित्यिक सिर्जना गर्ने अघिल्ला बालसाहित्यकारहरूमा काव्यात्मक रूपले साहित्य सिर्जना गर्नेमा महाकवि लक्ष्मीप्रसाद देवकोटा, राष्ट्रकवि माधव घिमिरे, विश्वम्भर चञ्चल देखिन्छन् भने आख्यानका रूपमा साहित्य सिर्जना गर्नेमा जनकप्रसाद हुमागाइ, रमेश विकल, देवीप्रसाद वनमासी, प्रेमा शाह, परशु प्रधान, कल्पना प्रधान, गोपाल पराजुली, दैवज्ञराज न्यौपाने, कविताराम आदि पर्दछन् । पछिल्ला बालसाहित्यकारहरूमा विजय चालिसे, शारदा अधिकारी, शाश्वत पराजुली, खगेन्द्र संग्रौला, रञ्जुश्री पराजुली, सुधा रिसाल शर्मा कार्तिकेय घिमिरे, काशीराज सुवेदी, कृष्णप्रसाद दुवाल, लक्ष्मी उप्रेती, विवश पोखरेल, जलेश्वरी श्रेष् आदि थुप्रै साहित्यकारहरू बालसाहित्यिक आकाशमा उदाएका ताराहरू हुन् ।
हाम्रो समाजका बालबालिकाको स्तरलाई तीन भागमा बा“ड्न सक्छौ“ । पहिलो सम्पन्न परिवारको बालबालिका दोस्रो मध्यम वर्गीय र तेस्रो वा तल्लो स्तरको पहिलो वा सम्पन्न परिवारको बालबालिका जो आर्थिक, सामाजिक र भौतिकरूपले सम्पन्न छन् अनि लालन पालन पनि राम्ररी भै रहेको छ । दास्रो मध्यम वर्गीय बालबालिका जसलाई आधारभूत आवश्यकता त पूरा हुन्छ तर उनीहरूको रुची अनुसार खान, खेल्न र शिक्षा आर्जन गर्न पाइरहेका छैनन् । तेस्रो वा निम्न स्तरका बालबालिकाहरूले शिक्षा साहित्य त परै जाओस् राम्रोस“ग खान लाउनसम्म पाएका छैनन् । उनीहरू मनोवैज्ञानिक रूपले अत्यन्त पिडीत छन् । उनीहरू समाजमा वितृष्णा जन्माएर बा“च्ने हुनाले भोलि उनीहरूले समाजमा विकृतहरू ल्याउन सक्दैनन् भन्न नसकिने अवस्था छ । तर्सथ साहित्यकारहरूले यी तीनै स्तरका बालबालिकाको रुची, समस्या, चाहना बुझेर साहित्य सिर्जना गर्नुपर्दछ । हामी साहित्य लेख्दा 'आइस्योस् खाइस्योस्' भनेर सम्पन्न परिवारको झलक दिन्छौ“ । त्यस्तै सम्पन्न परिवारको बालकको रूची कम्प्युटर, कार, मोबाइल, कार्टर्ुु वर्थ डे आदि प्रति उनीहरूको रुची हुने हुनाले यस्ता साहित्य पढ्न दिन्छौ“ ।
यस्तै मध्यमवर्गीय बालकबालिकाका लागि सामाजिक विशेषता, छुवाछुत, पारिवारिक कलह, समस्या, चार्डपर्व, रितिस्थिति आदिलाई मध्यनजर राखेर साहित्य सिर्जना गर्दछौ“ । त्यस्तै निम्नस्तरीय बालबालिकाका लागि पढ्न, खान र लाउन नपाएको गुनासो द्वन्द्वबाट आमाबुवा गुमाउनु परेको पीडा, समाजबाट तिरस्कृत हुनुपरेको पीडा आदि देखाउ“छौ“ । हामीले तीनै स्तरका बालबालिकाको स्तरीय चित्रण गरेर लेखिएको साहित्य नै तीनै स्तरका बालबालिकालाई पढ्न दिनर्ुपर्दछ । यसरी पढ्न दिइएको छ भने उनीहरूले सबै स्तरको बालबालिकाको जीवन शैली, रुची समस्या बुझ्न सकेका हुन्छन् अनि उनीहरू आफूलाई मनोवैज्ञानिक तवरले तुलनात्मक टिप्पणी गर्न सक्दछन् । जसले गर्दा उनीहरू जस्तो सुकै परिस्थितिमा पनि आफूलाई समायोजन गर्न सक्षम हुन्छन् । किनभने समाजमा यो निश्चय छैन कि उच्च वर्गीय बालक भोलि तल्लोस्तरमा पुग्दैनन् र तल्लो स्तरको बालक उच्चस्तरमा पुग्दैनन् भन्ने कुरा । तर्सथ साहित्य सबै स्तरका बालबालिकाले पढ्नु पर्दछ र पढ्न पनि पाउनु पर्दछ ।
हामीले साहित्य सिर्जना गर्दा र्सवप्रथम कुन उमेरको र कुन स्तरको बालकको लागि सिर्जना गर्ने हो त्यो किटान गर्नुपर्दछ । त्यसपछि त्यो स्तरको बालबालिकाको मनोवैज्ञानिक पक्ष बुझ्नु पर्दछ अथवा उस“ग बढी हेलमेल गर्नुपर्दछ । बालकको स्तर र अवस्था छुट्ट्याएपछि माथि भनिए जस्तै गरी भाषाका शब्द र वाक्यमा ध्यान दिनर्ुपर्दछ । हामीले के कुरामा बढी जोडदिनु पर्दछ भने अप् ्यारा शब्द, जोडिएका शब्द, उच्चाहरण गाह्रो हुने शब्द र लामा वाक्य राख्न हु“दैन । साहित्यिक स्वादस“ग शब्दका ज्ञान, भाषाका ज्ञान, नैतिक ज्ञान दिन भुल्नु हु“दैन । मनोवैज्ञानिक तरीकाले नकरात्मक कुराबाट खराब असर पर्दछ भनेर पनि देखाउनु पर्दछ । कतिपय केटाकेटीको स्वभाव चञ्चले हुन्छ । यस्ता स्वभावका बालबालिकाले उट्पट्याङगे खालका मनोरञ्जनात्मक शैली भएका साहित्यिक कृतिहरू मन पराउ“छन् । हामीले दोस्रो चरणको उत्तर बाल्यावस्थाका लागि लेखिने हो भने धेरै कुरामा गम्भीर विचार गर्नुपर्दछ । यस अवस्थाका बालकहरूको मस्तिष्क विकसित भइसक्ने हुनाले हामी धेरै कुरा उनीहरूलाई दिन सक्छौ“ । माथि भनिए जस्तै स्तर र अवस्था मात्र हेरेर हु“दैन, यस अवस्थामा विभिन्न रुची र स्वभाव भएका बालबालिका पनि हुन्छन् । तर्सथ यिनै कुरालाई ध्यानमा राखेर उनीहरूको काल्पनिक क्षमता, भूगोल सम्बन्धि जानकारी, विज्ञान सम्बन्धि जानकारी आदि भएका साहित्य सिर्जना गर्नु पर्दछ । यस अवस्थाका बालबालिकाहरूमा कल्पनामा हराउन रमाउ“छन् । अस्वभाविक कुरालाई जादु र कलात्मक शैलीले भरिएको कथाहरू मन पराउ“छन् । यस्ता कथामा केही मनोरञ्जन र हास्यस्पद भए अझ राम्रो मानिन्छ । उनीहरूलाई लैगिंक जानकारी दिन सके अझ राम्रो हुन्छ । यस्तै उनीहरू यौनप्रति पनि केही जिज्ञासा राख्ने मनस्थितिका हुन्छन् । समग्रमा भन्नुपर्दा हाम्रो बालसाहित्यमा अझ प्रशस्त बालसाहित्यिक कृति लेखिनु बा“की छ । तर बालसाहित्य लेखिएर मात्र हु“दैन तिनीहरू अन्तराष्ट्रियस्तरका पनि हुनर्ुपर्दछ । भनौ“ सङ्ख्यात्मक रूपले र गुणात्मक रूपले दुवै तरीकाले लेख्न सकेमा हाम्रो बालसाहित्यलाई विदेशी बालसाहित्यको तुलनामा क्रमशः लान सकिन्छ । धेरै भन्दा धेरै बालबालिकाले यसको स्वाद लिन सकेमा समाजमा ूलो परिवर्तन आउ“दा भोलिका हाम्रो पुस्ताले धेरै ज्ञान, सीप र उत्साह प्राप्त गर्नेछ । स्वास्थ्य सामाजिक रुपान्तरका निमित्त यस्ता विषयहरूमा हाम्रो समाजको ध्यान जानु आवश्यक छ । नेपाली बालसाहित्यको संरक्षण, संवर्द्धन र प्रवर्द्धनका निमित्त बालसाहित्य ट्रष्ट अथवा प्रतिष् ानको ग न भई राष्ट्रियरूपमा क्रियाकलाप हुनु पनि उत्तिकै ध्यान जानुपर्दछ भन्ने मेरो अनुरोध छ ।
sakhada4@yahoo.com