सबिताको बिबाह भएको ८ महिना जति भएको छ, तिनको श्रीमान दिपक बैदेशिक रोजगारमा अरब दुबई सहरमा काम गर्छन l दिपक निकै मेहनेती अनि चलाक पनि छ, उ पहिलो छुट्टी आउदा सबितासंग मागी बिहे भएको हो l आमा बुवाले नै केटा हेरेर दिपकलाइ छानेका थिए, आखिर दिपक पनि अग्लो ह्यान्डसम अनि आइ. कम. सम्म पढेको केटो थियो l सबिताको दिपकसंग बिहे भए पछि मुस्किलले ३५ दिन सम्म संगै बसे होलान, के गर्नु दिपक दुबई सहर काममा फर्कनु नै थियो, आखिर घरको आर्थिक भार उसले नै थाम्नु थियो l घरमा ६५ बर्ष काटेको बुवा अनि सधै बिमारी भै रहने आमा बाहेक कोहि थिएनन् l
सबिता निकै खुशी थिइन दिपक देखि, उ निकै रोमान्टिक अनि हसिलो थियो, बिहे भएको पहिलो दिन नै सविताको मन जित्न सफल थियो उसले l ती बिहे पछिका दिनहरु अनि दिपकसंग बिताएका सम्झनाहरु सविताको मनमा ताजै छ l दिपकसंग बिहे भए पनि पढाई जारी राख्नु भन्ने दिपकको सल्लाह अनि सोचले सबितालाइ ज्यादै प्रभाब परेको छ l त्यसैले अझ पनि सासु ससुरालाई स्याहार्दै पनि सबिता बि.कम. पढिरहेकी छे, घरमा कुनै अप्ठयारो छैन, सासु ससुरा पनि बुहारी सबितालाइ आफ्नो छोरी झैँ माया गर्छन l
सबिता आज अलिक दिक्दार छिन कारण फोनमा कुरा गर्दा दुबईबाट दिपकले पैसा धेरै खर्च नगर्नु, इकोनोमिक हुनु जान्नु पर्छ भनेको कुरा मनमा गुन्जी रहेको छ, त्यसैले सबितालाइ निन्द्रा लागिरहेको छैन l आखिर मैले त्यस्तो के नै खर्च गरे होला, खालि क्याम्पस फी, किताब कापी अनि केहि लुगाहरु अनि स्रिंगगार पटारका सामानहरु त होनी l अरुका लोग्नेले आफ्नो श्रीमतीलाइ निर्धक्क पैसा चलाउन दिन्छन, आफ्नो लोग्ने चाही यस्तो, सबिता आफै गुनासो गरिरहेकी छे l उ चाही त्यहा मस्ती गर्दो हो, मनमनै शंका गरी आफ्नो लोग्नेलाइ, हुन पनि नाना भाति कुराहरु सुनेकी छे, दुबई सहरमा गएर धेरै मान्छेहरु बिग्रिएको, बिहे भएको केटाहरु पनि अरु बिदेशी केटीसंग लाग्छन रे, संगै बस्छन रे इत्यादी l के थाहा मेरो दिपक पनि, आफ्नो आँखाले देखेको होइन झन शंकालु बन्छे, यति सोच्दा सोच्दै झन सबिता भावनामा बग्छे, कल्पना गर्न थाल्छिन l आज दिपक आफुसंगै काम गर्ने कम्पनिको एउटा फिलिपिना केटीलाइ लिएर अंग्रेजी सिनेमा हेर्न गएको छ, दिपक र त्यो केटी एक अर्कालाइ अँगालो मारेर बसेका छन् l त्यो अंग्रेजी फिलिम निकै उतेजक छ, हिरो र हिरोनी एक अर्कामा चुम्बनका दृश्यले दिपक निकै रोमान्चित छ l डु यु लाइक इट? फिलिपिना केटी साथीको प्रश्नले दिपक झस्किन्छ, " एस एस, इट्स नाइस मुभी" उसले उतर दियो l
अब सबिता रिसले चुर हुन्छे, तिनी आफै दिपकसंग बदला लिन चाहन्छिन, उ भन्दा म के कम, जाबो आइ. कम. त पास गरेको छ दिपकले l म त बि.कम. पढ्दै छु, सबितामा घमण्ड आयो, कोहि मन मिल्दो हेन्डसम केटा भेटेमा साथी बनाउनु पर्ला l के दिपकले मात्रै केटी खेलाउनु मिल्ने, मैले केटा साथी बनाउनु मिल्दैन? म पनि मजाले घुमाउला, रमाइलो गरौला l अहिले जमाना नै आधुनिक भएको छ, सकेको मोज त गर्नु पर्छ भन्छन क्याम्पसका साथीहरु l यसरी नै निकै राति सम्म सोच्दा सोच्दै कतिखेर सबिता निदाइन् l
बिहान, एई! बुहारी ल ल उठ! घाम उदाईसक्यो, भनेर सासुले बोलाउदा पो सबिता झसंग बिउझीन् l अनि सासु ससुरालाइ चिया बनाई दिइन्, र बिहानको खानाको लागि तयार गर्न थालिन् l सबिताको दिउसोको क्लास थियो पदमा कन्या क्याम्पसमा, दिउसो क्याम्पसमा साथीहरुले सोधे सबितालाइ एई! सबिता के छ अनि तिम्रो बुडोको हाल खबर, कतै अरु केटीसंग त लागेको छैन, अलि विचार गर है l विदेशमा त जे गरे पनि हुन्छ रे, कसैले चिन्दैन रे, यहा नेपालमा बिहे गरे पनि, म अन म्यारिड छु भनेर भनेर केटी घुमाउछन रे l " खोइ! ठिकै छ, हिजो फोन गर्नु भएको थियो उहाले" सबिताले छोटकरीमा उतर दिइन् l
आज पनि किन हो सबितालाइ हिजो जस्तै निन्द्रा नै लाग्दैन, त्यो माथि क्याम्पसमा साथीहरुले "अलि विचार गर है" भन्ने शब्द सबिताको मनमा गुन्जीरहेको छ l सबिता सोच्न थाल्छे, दिपक त्यो बिदेशी केटीलाई लिएर समुन्द्रमा घुम्दै होला, अनि समुन्द्र नजिकैको बालुवामा पल्टेर तातो घाममा पल्टिदै त्यो बिदेशी केटीसंग हास्दै होला, तिनले कहिले कही सिनेमामा यस्तै बालुवा अनि समुन्द्र देखेको कुरालाइ मनमनै कल्पना गरी l यो छोरा मान्छेको जात नै यस्तो, किन मलाई यहा बिहे गरी राखेर विदेश गएको होला, आफु चाही मोज गर्ने, यता म चाही तड्पिरहेको छु, आफ्नै जवानी देखि, खोइ मेरो जवानी यतिकै खेर जाने हो कि क्याहो, सबिता झस्किन्छे l तिनलाई अचानक रिस उठ्छ, दिपक अर्को बर्ष नेपाल आएन भएन भने मैले पनि सोच्नै पर्ला, मेरो यौबन त्यतिकै खेर जान त दिनु भएन नि l तिनले सम्झी, आफ्ना क्याम्पसका साथीहरु अनि तिनीहरुको बोय फ्रेन्डहरु, कति मोज गर्छन, घुम्छन, संगै बस्छन, आफु चाही सासु ससुरालाइ स्याहार गर्यो बस्यो, सविताले इर्श्या गरी आफ्नो साथीहरुसंग पनि l सबिता दोधार परी, आखिर दिपक मेरो लोग्ने हो सबथोक हो तर उ मेरो साथमा छैन भने, के यो नै जिबनको सार हो र? लोग्नेको बाहुपासमा बाधिनुको मजा नै अर्कै छ, कतिन्जेल यसरी बस्नु? सबितालाइ यौबन, जवानीको मजा लिने बानी परिसकेको छ दिपकसंग बिहे भए पछि, आखिर बिहेको मुख्य उदेश्य नै त्यही हो अनि यौबन र जवानीको मजा लिदै प्राकृतिक रुपमा सन्तान उत्पादन गर्दै जानु l "हे! मेरो मन पनि" सबिता आफैलाइ सम्हालिन्छे, जे भए पनि उहा मलाई माया गर्नु हुन्छ, भन्दै सबिता आफैलाई शान्त्वना दिन्छे l
शनिबारको दिन सबिताको साथी रिनाको जन्मदिनको पार्टीमा सामेल हुन गइन्, साझ ७ बजे बोलाएको थियो, निकै अरु साथीहरु पनि रहेछन l आधुनिक परिबेस पहिलेको जस्तो होइन अहिले, त्यहा केटी साथीहरु पनि वाइन पिउदै रहेछन, सबितालाई पनि वाइन पिउन कर गरे, आ! सबै पिउछन भने म चाही नपिएर के नै हुन्छ र, सविताले पनि वाइनको गिलास समाइन् l वाइनको साथ साथै केहि मासुका टुक्राहरू खाइन्, पछि बर्थ डे केक काटियो, केक रिनाले पहिला आफुले टोके अनि आफ्नो बोय फ्रेन्ड ज्याकलाइ खुवाए l सबै जना वाइनले मातिदै गए, केटाहरु चाही कोहि व्हिस्की अनि बियर पिउदै थिए, सबितालाई पनि वाइनले केहि दिमाग रिन्गाएको जस्तो लाग्यो l त्यहा संगीतको धुनसंगै मधुरो प्रकाशमा पार्टी चल्दै थियो, सबिताका साथीहरु आफ्नो बोय फ्रेन्डसंग कम्मरमा पक्रेर नाच्दै, कोहि कुरा गर्दै थिए, सबितालाई पनि अब मन लागेको थियो, कुनै केटा भए पनि यसो हात समातेर अंगालिन्दै नाचे जस्तो गर्नु मन लाग्यो l साएद वाइनको नशामा त्यो आँट आयो होला सबितालाई, आखिर संगत न हो, " एई सबिता आइज न नाच्न" रिनाले कर गरी, ज्याकसंग भिडाई दिइ, अब सबिता ज्याकसंग नाच्न लागि, ज्याकले हातमा पक्रेर घरीघरी फनक्क घुमाउदा सबितालाई निकै मजा आयो, अनि नाच्दा नाच्दै छासछुस हात या औलाले सबिताको नितम्ब छुदा तिनी लाजले रातो हुन्थिन l आखिर निकै समय पश्चात छोरा मान्छेको सामिप्य पाएकी थिइन् सविताले, निकै बेर नाची रहे, ज्याक र सबिता l साझ १० बजे तिर ज्याक अनि रिनाले सबितालाई घर सम्म पुर्याउन आए l
अब घर आए पछि वाइनले अलि अलि छोडी सकेको थियो, सबिता ओछ्यानमा पल्टी, सोच्न थाली दिपकको बारेमा l दिपक आज साझ त्यो बिदेशी केटीसंग डिस्कोमा नाच्दै होला, नकचरी केटी मेरो लोग्नेलाई अँगालोमा हालेर मस्किन्दै हास्दै होलिन् l दिपक पनि खुशीले त्यो केटीसंग मस्की मस्की कम्मरमा पक्रेर घरीघरी नितम्ब छुदै होला, छोरा मान्छे यस्तै नै स्वार्थी हुदा हुन् अघि ज्याकले सबितासंग नाच्दाको मिठो कल्पना गरिन्, ज्याकले पनि जान अन्जान सविताको शरीर छुदा पक्रिदा तिनलाई निकै रोमान्चित बनाएको थियो, शरीरमा करेन्ट पैदा भएको सम्झीन् l दिपक बियर पिउदै त्यो बिदेशी केटीलाई वाइन पिलाउदै होलिन्, त्यो बिदेशी केटी पनि पातिन्दै मेरो दिपकलाइ च्याप समातेर लाडीन्दै " आइ लभ यु दिपक, डोन्ट लिभ मि अलोन" भन्दै होलिन् l दिपक पनि " एस बेबी, आइ लभ यु टू" भनेर चुम्बन गर्दै होला l आफ्नो यस्तो नकचरो लोग्नेको यो ताल देखेर सबिता पनि अब एउटा निर्णय गर्न पुगी, अब म पनि बोय फ्रेन्ड बनाउछु l आखिर कतिन्जेल म तड्पिनु, सोची त्यो क्याम्पस जाने बाटोमा क्यासेट पसले सधै मलाई घुरेर हेरी रहन्छ, आखिर उ पनि हेन्डसम अनि जवान छ, यति सोच्दा सोच्दै कतिखेर सबिता निदाइन् l
यस्तैमा एक दिन घरमा दिपकको फोन आयो, म नेपाल फर्कदै छु, यहा हामी काम गर्ने कन्स्ट्रक्सन कम्पनि बन्द भयो, आर्थिक मन्दीले गर्दा सबै कामदारलाइ घर पठाउदै छ l कम्पनिले तलब पनि ३ महिना देखि दिएको छैन, म संग बचेको केहि पैसाले " सबिता! म तिमीलाई एउटा मोबाइल अनि राम्रो घडी ल्याई दिन्छु, मैले तिमीलाई एकदमै मिस गरिरहेको छु" भनेर दिपकले भन्दा सबिताको मुटु छिया छिया भएर आयो, कन्स्ट्रक्सनमा काम गर्न कति गाह्रो भयो होला, त्यस्तो बाहिरको गर्मीमा, साएद पैसा कम कमाएर नै अलि इकोनोमिक हुनु जान्नुपर्छ, भनेर फोनमा भनेको कुरा याद गरिन् l मलाइ यति माया गर्ने श्रीमानलाइ नाना भाति कुरा सोचे, साथीहरुको लहलहैमा कुरा सुनेर, सबिता आफैलाई दोषी ठानी, तिनलाई पश्चाताप भएर आयो अनि हतपत कोठामा गएर हुक्क हुक्क गर्दै रुन थालिन् l
अस्तु:
लेखक: बुद्ध चेम्जोंग
राजारानी १ धनकुटा
अक्टोबर २००९
तपाईंको प्रतिकृया
I like it very much. Its helps to us to know more about literature
very nice. thanks for writer
prayash jaari rakhnus. subhakamana.
hi Buddha ji i like your katha, its ture yaar oh my god yo kt haruko sochne pratikriya haru yesta hunchha......
Try is the best.write history of limbu ligent story.
from NB Dai
Chemjong ji, katha thikai ho but the way you wrote is very nice. lekhai sarai ramro chha... keep it up, wish u all the best.
Bhudha Ji I read your LEKHA i like its true that the lady thingking and some doing is real wish you look for more in future
Rai shanghai China