धेरै बर्ष पहिला को कुरा हो कुनै गाँउमा चिरिञ्जीवी नामगरेका पण्डीत बाजे थिए । उनी त्यस ताकाका अति प्रख्यात पण्डीत थिए । चिरिञ्जवी पण्डीत भनेपछि उनलाई ठूला ठूला राजा महाराजाले पनि चिन्दथे । पण्डीत बाजेको यति ठूलो नाम चल्नुको कारण उनको ज्योतिष विद्याले पनि हो । ज्योतिष विद्यामा निपूर्ण भएको हुदा जसकसको पनि भाग्य रेखा दुरुस्त केलाउनु उनको कला नै थियो । उनका तिनवटी श्रीमती थिए । जेठी श्रीमती मनरुपा अठार बर्षको उमेरमा उनका बाबु आमाले नै मागी विवाह गरिदिएका थिए । तीन छोरा जन्मिए पछि विफरको बिमारबाट मनरुपाको मृत्यु भयो ।
मनरुपा ज्वरोले सिकिस्त हुदा के भयो भनेर सोध्ने फुर्सद सम्म पाएनन पण्डित बाजेले । श्रीमती बिफरबाट थला परिन । घर समाल्ने मान्छेको खाचो टार्न तथा बिमारीको स्याहार गर्न र साना अबोध बालबच्चाको खाना पिन गराउनको लागि बाजेले अर्को बिवाह गर्ने बिचार गरे । सम्पति प्रसस्त आर्जित गरेका पण्डितलाई खान लाउनेमा कुनै सुर्ता थिएन । दैनिक पूजा पाठबाट मात्रै पनि बोराका बोरा चामल घर भित्रिने गर्दथ्यो । मात्र समालिदिने मान्छे चाहिएको थियो पण्डित बाजेलाई । उनको अकुत सम्पति देखे पछि जो कोहिले पनि आफ्नी छोरी दिन आत्तुर भइहाल्दथे । पैतालीस बर्षका चिरञ्जीवी बाजेलाई आफ्नी तेह् बर्षिय कन्या अन्माउन तयार भए गाउँकै सेतु खनाल मुखियाले । बिवाहको लगन घेरियो र बाजा गाजाका साथ साथै जन्तीको धुइरोले सेतु मुखियाको घर ढाक्यो । गाँउका सवै जना बिवाहको उल्लाासमा लागे । कोही जन्ती तर्फका थिए भने कोही माइती तर्फका थिए । सवै जना आ¬आफ्नै काममा ब्यस्त थिए । ठिटा ठिटीहरु नाच्न गाउँनमा त भन्दा म राम्री हुदै ठाटीएर आएका थिए । तछाड मछाडको सिमा थिएन । बिवाह धुुमधाम संग भइरहेको थियो । सायद यस भन्दा अगाडि कसैले पनि यति ठूलो बिवाह भएको देखेका थिएनन । गाउँलेहरु सबै दंग परे ।
उता मनरुपालाई अन्तिम घडीले पच्छ्याई रहेको थियो । ती साना अवोध बालकहरु आमाको वरिपरि बसेर टुलु टुलु हेर्दै थिए । अन्तरहृर्दयको प्राण बाहिर भाग्नै आँटेको थियो । मनरुपाले अन्तिम बल गरेर आफ्ना तीनै छोराहरुलाई चारैतिर हेरिन र दुवै हातले आफनो अंगालोमा छोराहरुलाई घेर्दै आँखा फर्काइन । उनका खुट्टा तन्किए । शरिर दहरो काठ मुुडा पल्टिए जस्तो भयो उनको मुर्दा शरिर । यो खबरले सवैजना काने खुशी गर्न थाले । खवर दुलाहालाई नसुनाउने कुरा भयो । अवोध बालकहरुको काख छुटाइ मुर्दा शरिरलाई शुलीमा चढाइयो । आफ्नी आमालाई कात्रोमा बेरी बोकेर लगेको टुलु टुलु हेर्न बाहेक साना बालकहरु केहीगर्न सकेनन । मनरुपालाई घर नजिकैको बनपाखामा खाडल बनाइ गाडियो । यसरी एकातर्फ गृहलक्ष्मीको अन्त्य भयो ।
अर्को तर्फ अर्की गृहलक्ष्मीको स्वागतको तयारी भइरहेको छ त्यो चिरञ्जीवी पण्डीतको घरमा आज । घरपारीको डाँडाबाट बाजाको घन्घाहट आयो सारा मानिसहरुको धुइरो त्यतै तिर लाग्यो । अगाडि अगाडि नौमती बाजा घन्काइएको थियो भने दुलाहा र दुलहीलाई डोलीमा बोकी जन्तीहरु रमाउदै घरको आगनमा आइपुगे । गाउँका महिला बर्गहरु सबै दुलही हेर्न तर्फ भिड थियो । केही समयमा नै डोली भित्रियो । यसरी पण्डित बाजेको दोस्रो घरजाम भएको थियो –उमा सित ।
ठूला ठूला सप्ताह महायज्ञमा समेत तिनै चिरञ्जीवी पण्डितले प्रवचन गर्दथे । उनको प्रवचन सुन्न भनेपछि ठूला ठूला मन्त्री महाराजा समेत धुइरो लाग्दथे । प्रवचन पनि पण्डितको साच्चैकै मुक्त मुग्ध हुने गर्दथ्यो । पुराणका कहावत त उनलाई कतै पनि नअकमकाई सरर मौखिक नै भनिदिन्थे । उनको स्वर र लय सुन्दा भक्तहरु पानी खान समेत भुल्दथे । धन दौलत दान गर्नको सिमा हुदैनथ्यो । गाई दान, सुन दान, भूमी दान त पण्डितले अनगिन्ती । हिसाब किताब नै रहेन । उनको प्रवचन सुनेर उनको भक्त दानवीर तुलाधर शर्माले आफ्नी एघार बर्षिय कन्या दान दिने घोषणा गरे । सत्तरी बर्षका बुढा बाजेलाई दानीले दिएको दान फर्काइयो भने अपमान हुन्छकी भन्ने दुविधा भयो । केही बेर त उनी अकमकाएका थिए । सोच्न थाले अन्तत उनी कन्यदान स्वीकार्ने निधो गरे । सुभद्राको कन्यदानले पण्डितको तेस्रो घरजाम भयो । अर्थात तेस्री श्रीमती ल्याएका थिए बाजेले ।
बिधिको बिधान मानिस जन्मे पछि बुढो हुन्छ र मर्दछ । यसमा कसैको केहिलाग्दैन भने जस्तै ज्योतिषी बाजेले अरुको भाग्य रेखा जस्ताको तेस्तै बताए पनि आफ्नो दुर दशाको केही हेरकेर नै भएन । अन्तत पचासी बर्षको उमेरमा एक दिन बेलुका सुतेका बाजे बिहानबाट उठेनन । सारा गाउँ टोलमा पण्डित चिरञ्जीवी बाजेको मृत्यु को ढोल पिटीयो । सारा गाउँले मलामीको लाइन लागे बाजागाजाका साथ फूलमाला पहिराउदै पण्तिको मृत शरिर शुलीमा चढाइयो र मलामीको लस्कर आर्यघाट तर्फ लाग्यो । मलामीको साथमा त्रीपन्न बर्षीय उमा र एकतीस बर्षीय सुभद्रालाई पनि घेरा हाल्दै लगियो । पतीको शोकमग्न नारी माथी यति ठूलो बज्रपात भयो नै । उसै माथी मृत श्रीमानको शोलामाथी नग्न बस्त्र गरी जिउदो शरिरमा आगो लगाउन थालियो । ती करुण दुबै नारीहरु आफ्नो् प्राण नलिईदिन समाजसंग बिन्ति गरे । दनदन बलेको शोलको आगोबाट आच्छु बाबा पोल्यो भन्दै के बाहिर आएका थिए । सबै मलामीबाट ढुंगा र मुढाले हान्दै निहत्था नारीको जीवन लिला समाप्त गरियो ।
१० मार्च २०१0
बिसासय, सुनवल ६ नवलपरासी
तपाईंको प्रतिकृया
this story also written by me , please read and give me sugestion
लघुकथा
पश्चताप
-गंगाराम ढकाल
शंकरे आज पछुताउदै छ । नपछुताओस पनि कसरी । बेलामा बुद्धि पुगेन । अरुको लहै लहैमा लाग्यो । राम्रो सुन्दर घर थियो । बाबुआमाको एक्लो छोरा नपुग्दो केही पनि थिएन । आफुलाई पुग्दो प्रशस्त जग्गा -जमीन गाँउको वीचमा राम्रो घर थियो । गाँउलेहरु शंकरे भनेपछि सवैले चिन्दथे । यति भएर पनि शंकरेको मनले शंतोषको सास फेर्न पाएको थिएन । कुरा के भने उसले पढाइ छाडेपछि आफ्नो खुशीले नभई उसले बाबु आमाको रोजाइमा विवाह गर्नु पर्यो । राम्रो घरजम होस आवारा केटाकेटीसंग बरालिएर नहिडोस भनेर निर्मलासंग उसको जोडी जुराइदिएका थिए बाबु आमाले पनि । निर्मला काली बर्णकी भएपनि बोली बचन सुभाषिली नम्रबोली असल ब्यवहार भएकी भएर नै बाबुआमाले निर्मलालाई रुचाएका थिए ।
बाबुआमाको एक्लो छोरा भएरै सानैबाट अलि मातिएको शंकरे विवाह पछि पनि आफ्नो रवाफ देखाउन थाल्यो । निर्मला काली वर्णकी भएकीले मनमनै अशन्तोष थियो । बाबुआमाका सामु राम्रै पारे पनि भित्र भित्र भने तीन छोरीकी आमा भइसकेकी निर्मलालाई चिडाउथ्यो । बेला बेलामा झगडा पनि गर्दथ्यो । घरबाट निस्केर जा सम्म भन्न पछि पर्दैनथ्यो । श्रीमानको यस्तो ब्यबहारलाई पनि निर्मलाले सहेर पचाई दिन्थी । लोग्ने भनेको शीरको स्वामी हो भन्थी । उसले खाना नखाएसम्म कुरेर बस्थी । अत्यान्तै माया गर्दथी निर्मलाले शंकरेलाई । साच्चै भन्ने हो भने ऊ सतीसाबित्री नै थिई शंकरेको लागि । तर शंंकरेलाई भने यस्ता कुराको वास्तै गर्दैैनथ्यो । भविष्यको बारेमा सोच्ने उसको दिमागले कहिलै भ्याउदैनथ्यो ।
बाटोमा कपाल काटेर हिडने र लालीपाउडरले िसंगंंंारिएकी केटीहरु देखेर भित्र भित्र लालाहित हुने गर्दथ्यो । निर्मलालाई पन्छाएर गोरी नक्कली केटी ल्याउने मौकाको खाजिमा थियो । उसले अफ्नो योजना बनाउन थाल्यो । बाबुआमालाई बहाना बनाउन थाल्यो । ज्योतिषी बाजेलाई खल्तिमा पैसा हालिदिएर निर्मलाबाट छोरा नजन्मने हुदा अर्को विवाह गरिदिनु पर्ने भन्न लगायो । ज्योतिषी बाजेको कुरा सुने पछि बाबु आमा पनि राजी भए । अव शंकरेलाई निर्मलालाई मनाउनु पर्ने थियो । त्यो पनि उसले अलिकति जमीन नामसारी गरि फकायो । निर्मला पनि देवता स्वरुपको श्रीमानको इच्छा पुरयाउनु पर्छ मन दुखाउनु हुदैन भनेर हुन्छ भनिदिई । अव शंकरेलाई पुरै बाटो खुल्ला भयो ।
दोस्रो विवाह भयो विष्णु देवी संंग । रुपमा भने हिमालय पर्वतकी छोरी पार्वती नै भन्न्ा सकिने शंकरेले चाहे भन्दा पनि राम्री केटी पायो । केही दिन त ऊ मख्ख भयो । विष्णुदेवी भित्र आएपछि विस्तारै शंकरेका कुदीन शुरु भए । घरको लक्षिन हराउदै गयो । त्यती मात्रै नभएर दुई बर्ष भित्र नै बाबुआमाले जोडिदिएको सारा जमीन र घर सिद्धिएको शंकरेलाई पत्तै भएन । विष्णुदेवीभने एक दिन घरमा आए पछि साता सम्म कता हुन्थी थाहा हुदैनथ्यो । हप्तौको खर्चपर्च लिनका लागि मात्र ऊ शंकरेकोमा आउने गर्थी बुकी समय शहरका लजमा रमाउथी ।
अन्तमा शंकरे सुकुम्बासी बन्यो । बिष्णुदेवी कता हराई । उसलाई थाहा पत्तै हुन छाड्यो । बल्ल उसलाई होस आयो । अव भने उसलाई पुरा ज्ञान आएको छ । के गर्ने बेला विते पछि पछुताएर के पो हुन्थ्यो र ! आजभोलि ऊ भन्ने गर्दछ - ूराम्रा श्रीमतीका राम्रा बाटा हुदा रहेछन ।ू आज ऊ पश्चतापको आगोमा जल्न सिवाय केही पनि गर्न सक्दैन ।
-सुनवल ६ नवलपरासी
please read one this also my story and write me sugestion .
लघुकथा
राजनीित
-गंगा राम ढकाल
एकता थियो त्यो गाँउमा । सवै जना एकआपसमा सहयोग र सदभाव राख्दथे । एकलाई परेको दुःखमा अर्कोले सहयोग गर्दथ्यो । कामधाम र खानपानमा समेत एकले अर्कोको हेक्का राख्दथे । खेतीपाती मेलापातमा आलोपालो हुने गर्दथ्यो । यसकार्यलाई गाँउले भाषामा पर्म लाउने भनिन्थ्यो । त्यति मात्र नभएर संगोलमा खेती लगाइन्थ्यो । संगोलमा लगाइने खेतीपातीको सहयोगलाई परेली लगाउने भन्दथे गाउलेहरु । एक आपसमा जिन्सीको सरसापटलाई पैचो लिने दिने थर्दथे । गाई बाख्रा जस्ता पशुहरु एकले पाल्न नसकेमा अर्कोले पालि दिन्थ्यो । जसबापत आधिया बाढ्दथे । खेतीपात धेरै हुनेले नहुनेलाई अधियामा लगाने चलन थियो । थोरै रकममा अस्थाइ बिक्री गरिन्थ्यो अर्थात बन्दकी गरिन्थ्यो । यस्तै यस्तै जिउँदाका जन्ती मर्दाका मलामी हुने गर्दथे गाउँवासीहरु । महिला पुरुष केटाकेटीहरुको गोलवद्ध हुने गर्दथ्यो कुनै महत्सव र चाडपर्वमा पनि ।
कृर्षिामा आश्र्रित जीवन दैनिक घास दाउरा खेतीपाती र पशुपालनमा नै ब्यस्तहुने गर्दथे गाउँबासीहरु । राजनितीको ुरु पनि नसुनेका किसानहरुलाईृ गाउँमा राजनितीक पार्टीको सम्मेलन छ भन्दा अचम्म माने । सवैजना कामको विश्राम लिएर भाषण सुन्न गए । झण्डाले सजाइएको माच मानिसहरुको उपस्थीतिबाट निकै रमाइलो मेला जस्तो मानेका थिए उनीहरु । त्यसमाथि स्वर्गबाट झरेका ब्रद्मजीले चमत्कारी गरेझैँ नेताजीहरुका भाषण गर्जिए । सम्पूर्ण गाँस बाँस कपासको जिम्मा नेताले लिने भए । अब दैनिक जस्तो गाउँम्ाा एक पछि अर्को पार्टीको सभा र भाषण हुन थाले । त्यो पार्टीले भन्दा यो पार्टीले बढी सुविधा दिनेछ जस्ताकुराहरु हुनथाले । जजस्को भाषणले आकर्षित गर्दछ उतै उस्कै पार्टीमा विभाजितीत हुदै गए । खेतीपाती र पशुपालनमा अब कसको मन जाने गाउँमा सवै नेताका कार्यकर्ता भए । सवै जना झोला बोक्नको दौड धुप हुन थाल्यो । तँ यो पार्टीको म यो पार्टीको भन्दै बाजाबाज हुन थाल्यो । एक आपसमा भिडन्त र मारपीट हुन थाल्यो । पानी बारबारको स्थीति सृजना भयो । पर्म पैचो परेली अधियापात जस्ता शब्दहरु हराएर गए । सवैको गोठ खाली भए । खेतीपाती सवै बाजो भयो ।
आज ती नेताहरु सरकारमा पुगे । कति त मन्त्री पनि भए । गाउँमा फर्कने फुस्रद नेता मन्त्रीलाई भएन । राष्टहाँक्न त्यति सजिलो भनि थिएन । कामको ब्यस्तताले हिजो आफुले भनेका सवै कुरा विसर्िदा भए । उता गाँउलेहरु बेरोजगार र खानलाउनमा हाहाकार भयो । काम खोज्न नेताकाँहा पुगे तर नेताजीले आफुलाई भुलेछन । निरास भएर आर्थिक गर्जो टार्न बैंङ्कमा कर्जा लिन पुगे । आज सवैको घर खेत बैङ्कले लिलाम गर्यो । सस्तोमा लिलामी जग्गा तिनै नेताजी तथा मन्त्रीजी ले खरिद गरिसकेछन । त्यो पनि गाउलेहरुको भलाइकोलागि आफ्नो नाउँमा किन्न बाध्य भएका थिए रे नेताजी । गाउँबासीहरु सुकुम्बासी हुन बाध्य भए । अब त झन नेताजीकै कमरा भए पछि झोला त बोक्नै पर्यो नि त ।
-सुनवल ६ नवल परासी
daju, katha lekhda saral tawarle dherai ramro ra shiringkhalabadhdha bageko chha.katha ko shirshak anusar nai 6.ahile satipratha unmulan bhai sakeko 6.aaune kathama 21 century anusar nai kalam chalaunuhune6 bhanne purna aasha rakheko chhu.
katha ta dheri ramro chha naya katha pani lekhnu hola best of luck.
dai katha ta ramro rahi6 tara yo katha ali purano model ko vayanara tara pani dherae dherae ramro lekhanu vayako rahecha ra yastae katha ajhae leknu hola best of lock you
dai katha ramro rahe6.phatyapustak ma samabes garna layek rahe6.prayas garnu ho la.
gangaram dai lokkatha ta ramro rae6.padyapustak masamabes garna layek rahe6.aru pani yestai KATHA PADNA PAEYOS
gangaram dai lokkatha ta ramro rae6.padyapustak masamabes garna layek rahe6.aru pani yestai KATHA PADNA PAEYOS
GANGA DAI KATHA PADE . RAMRO RAHE6 .PRAGATI KO KAMANA.6
purana bastu lae hena naya bsae lae adar banaera katha leknu hola tapaeko bhabisya ujalo 6.