Online Nepali Literature Forum
   

Users Online : 14
| More
अक्षरको आकार:   - | +
कथा/लोककथा
एैचोपैचो (ठाकुर मान लामा) - [2010-02-18]

शकुन्तलादेवी एक दिन बजारमा किनमेल गर्न गएछिन । बजारको एक पसलमा सामान किन्ने बेलामा सामानको भाउमा पसले साहु र उनीबिच विवाद यसरी भएछ -



"दिदी धेरै किचकिच नगर्नुस । लैजाने भए लैजानुस … "

"अलि भाउ घटाइदेउन भाई । धेरै लैजान्छु नि । "

"ल १० रुपैया घटाईदिन्छु । त्यो भन्दा बढि घटाउदिन अब । "

"हया भाई के १० रुपैया मात्र घटाउने कुरा गर्‍या । ल १०० रुपैया भयो । त्यति भए लैजान्छु ।"

"१०० रुपैयाले त हुदैन । हामीलाई पनि यसो नाफा चाहिन्छ नी । घाटामा बेचेर कसरी बाँच्ने हामी ? भैगो तपाई नलैजानुस । तपाई धेरै घटाउनुहुदोरहेछ । बरु अर्कैले लैजान्छ … "

हुन पनि शकुन्तलादेवीले ३०० को माललाई १०० रुपैयामा किन्न खोजेपछि कुरा कहाँ मिल्थ्यो र । कुरा मिलेन । उनी रित्तै भुनभुनाउँदै पसलेलाई गाली गर्दै घर फर्किन ।



दुइ बर्षपछि……

शकुन्तलादेवीले आफ्नै पसल खोलिन् । एकदिन उही बजारको पसले साहु उनकै पसलमा छिरेछ । शकुन्तलादेवीले उसलाई चिनिन । अनि फेरी सामान किन्ने बेलामा विवाद यसरी भएछ -



"साहुनी अलि भाउ घटाइदिनुसन । "

"हुदैन भाई । यो भन्दा एक रुपैया पनि घट्दैन । यसको जति दाम छ त्यो भन्दा बढि त हामीले नै तिरेर ल्याउनुपर्छ । कसरी दिन मिल्छ त्यो भाउमा ?"

"हैन साहुनी यसो मिलाएर दिनुसन । अलि अलि त घटाउन मिलिहाल्छ नी । यही पसलमा मात्र पाइन्छ भनेर झन आको । पछि फेरी बेलाबेलामा पनि किनिरहनुपर्छ । तपाईकै यसो मिलाउन पाए सजिलो हुन्थ्यो ।"

"हुदैन भाई । लैजाने भए लैजानुस । नत्र एक रुपैया पनि घटाएर दिन मिल्दैन । "

धेरै बेरसम्म पनि भाउबारे कुरा नमिलेपछि भुनभुनाउदै त्यो पसले साहु त्यहाँ बाट निस्केर जान बाध्य भयो ।





तपाईंको प्रतिकृया

prayas ramro ra samaya sandarvik 6. Dhanyabad.
Ekdin ramro kathakar bannuhune 6 suvakamana.



तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम