आकाश जस्तै फैलिएको हाम्रो विचार
हाम्रा राम्रा विचारलाई पार्देऊ साकार ।
जूनजस्तै चम्किएर अन्धकार हटाउँ
आऊ हातेमालो गर्दै देश बनाउँ
हाम्रा साना अञ्जुलीमा मोती फुलाउँछौँ
हाम्रा कञ्चन आँखाभरि देश अटाउँछौँ ।
हामी साना साना तर लक्ष्य ठूलो लिन्छौँ
भविष्यका कर्णधार हौँ देश बनाउँछौँ
अँध्यारोमा बल्न सक्छौँ जूनकिरी जस्तै
पखेरीमा फुल्नसक्छौँ लालीगुराँस जस्तै ।