Online Nepali Literature Forum
   

Users Online : 12
बाल साहित्य
लोभ (उद्धव उपाध्याय) - [2007-09-21]

कुनै समुद्रको किनारमा माझीहरू ससाना झुपडी बनाएर जीवन बिताइरहेका थिए । उनीहरूको जीविका समुद्रको माछा पक्रेर सहरमा बेचेर चल्थ्यो । उनीहरूको मुख्य खाना पनि समुद्रमा पाइने माछा र अन्य जीवहरू नै हुन् । ती सबै गरिब हुन्छन् । सहर नजिकै भए पनि सहरको सुख सुविधाबाट उनीहरू टाठा नै हुन्छन् । त्यो माझीको बस्तीमा पनि एउटा अति नै गरिब माझीको परिवार थियो । ऊ यति गरिब थियो कि उसले माछा पक्रन नयाँ जालसमेत किन्न सकेको थिएन । जताततै प्वालै प्वाल परेको र सिउँदा पनि उघ्रेर जालमा परेका माछा फुत्केर भाग्थे । उसको आङमा कमिज नपरेको धेरै भइसक्यो, लुङ्गी लगाएर दिन बिताउँछ । उसकी श्रीमतीको सारी पनि धेरै ठाउँमा फाटेर टालिएको थियो । दस वर्षो छोरा पनि स्कुल जाँदैनथ्यो, बुबालाई माछा पक्रन सहयोग गथ्र्यो । ऊ पनि साधारण कटूमा हिंडिरहन्थ्यो । अरू माझीले झै उसले धेरै माछा पक्रन सक्दैनथ्यो, दर्ुभाय नै भनौ उसको पुरानो जालमा धेरै माछा पर्दैनथ्यो । एकदिन माझीको छोराले भोक लाग्यो भनी आमालाई पिर्न थाल्यो । घरमा अन्नको दाना र माछा पनि थिएन । आगो बाल्न सलाईसमेत सकिएको थियो । आमाले छोरालाई तिमीहरू बाबुछोरा समुद्रमा गई केही माछा पक्रेर ल्यायौ भने मात्र म खुवाउन सक्छु भनिन् । माझीले पुरानो जाल बोक्यो र समुद्रतिर हिँड्यो । माछा हाल्ने टोकरी लिएर छोरो पनि पछिपछि लाग्यो । उनीहरू समुद्रमा पुगेर जाल हाले । माझीलाई पक्का छ कि धेरै माछा जालमा पर्दैन किनभने उसको अनुभव नै यस्तै छ । छोरोचाहि कति माछा जालमा पर्ला भनी उत्सुक भई जालतिर हर्ेदैछ । माझीले जाल तान्यो । दर्ुइचारवटा ससाना माछाहरू परेछन् जालमा । छोराले भन्यो, "यति त मेरो एक गाँस पनि पुग्दैन । आमाले के खाने -" माझी बोलेन । छोराको कुरा नसुनेझै गर्‍यो उसले । उसले भगवान्को स्मरण गर्दै जाल फेरि समुद्रतिर मिल्कायो । दुवै चुप छन् । अब के हुन्छ भन्ने मुद्रामा छन् । माझीले जाल तान्यो । जाल गह्रौ थियो । ऊ मनमनै खुसी भयो । उसले जालमा धेरै माछा परेको सङ्केत छोरालाई दियो र जाल तान्न मद्दत माग्यो । छोरो खुसीले बर्ुलुक्क उप|m्यो र जाल तान्न बल गर्‍यो । बाबुछोरा मिलेर जाल ताने ।

आर्श्चर्य ! जालमा त एउटा अजङ्गको माछो पो रहेछ । अति राम्रो सलक्क परेको चम्किला आँखा, सुनकाजस्ता चहकिला कत्ला । माछालाई किनारमा ल्याएर उनीहरू त्यो माछाको सुन्दरतालाई हर्ेन थाले । त्यो माछोले मान्छेको भाषा बोल्यो । उसले भन्यो, "म यो समुद्रको रखवाला हूँ । मलाई जान देऊ । मलाई केही नगर । तिमीहरूले अब जाल हाल्दा धेरै माछा पर्ने छन्, आजदेखि तिमीहरूले दुःख पाउनु पर्दैन ।" माझीले माछाले भनेको मान्यो । तर छोराचाहिँ जालमा परेको माछो गुमेकोमा दुःखी देखिन्थ्यो । र बोल्ने माछा देखेकोमा चाहिँ आर्श्चर्य चकित भएको थियो । माझीले फेरि जाल हाल्यो । ठूलो माछोले भनेझैं थुप्रै माछा परे जालमा । छोराले लगेको छोटकरीमा पनि माछाहरू अटाएनन् । यति धेरै माछा आजसम्म उसको जालमा परेको थाहा नै थिएन, उसलाई । उनीहरू खुसी हुँदै घर गए । माछाको थुप्रो देखेर माझीकी श्रीमती पनि खुसी भइन् । आज केही खाएर बाँकी माछा बजारमा बेच्न पनि पाइने भयो र केही पैसाको मुख देख्न पाइने भयो भन्न थालिन् । छोराले आफ्नी आमालाई बोल्ने माछोको विषयमा बेलिविस्तार लगायो । पहिले त पत्याइनन् । माझीले त्यो कुरा सत्य हो, आज धेरै माछा जालमा परेको पनि त्यही माछोको कारणले हो भनी संझायो । माझीकी श्रीमतीले पनि आफ्नी आमाको मुखबाट समुद्रमा परीहरू हुन्छन्, तिनीहरूले जे पनि वरदान दिन सक्छन् भनी सुनेकी थिई । आज उसले ती पुराना कथाको सम्झना गरी । उसले उत्साही बन्दै भनी, "त्यो त परी माछो हो, उसँग जे मागे पनि पाइन्छ । लौ तिमीहरू अहिले नै जाओ र परी माछासँग नयाँ घर मागेर आओ ।" माझीले पत्यायन र समुद्र जान अनकनायो । तर श्रीमतीको जिद्दीको अगाडि उसको केही लागेन । पकाएको अलिकति माछा खाएर समुद्रतिर हिँड्यो । माझीका बाबुछोरा समुद्रको किनारमा उभिएर ठूलो माछोलाई बोलाउन थाले । नभन्दै परी माछो किनारमा आई र किन बोलाएको भनी सोधिन् । माझीले भन्यो, "हामी ज्यादै गरिब छौ, मेरी श्रीमतीले नयाँ घरमा बस्न मन गरेकी छ ।

के तिमीले हाम्रो इच्छा पुर्‍याइदिन्छ्यौ -" परी माछाले हुन्छ, तिमीहरूको इच्छा अवश्य पूरा हुने छ भनिन् । माझीका बाबुछोरा घरतिर र्फके । छोराले आफ्नो सानो झुप्रोको स्थानमा राम्रो घर ठडिएको देख्यो । ऊ बुबा हाम्रो घर भनी चिच्यायो । नयाँ घरमा बस्न पाएकोले सबै खुसी भए । केही दिनपछि माझीकी श्रीमतीले भनिन, "घर मात्र नयाँ भएर के गर्ने, यसको सजावटको लागि फर्निचर, ओछ्याउने गलैंचा, लगाउन राम्रा राम्रा कपडाका लुगा, सुनचाँदीका भाडावर्तनको आवश्यकता छ । परी माछासँग अनुरोध गरेर आउनु होस् ।" माझीले भन्यो, "हामीलाई यतिले पुगेकै छ, किन त्यस्ता कुरा माग्ने - परी रिसाइन भने - के होला ।" श्रीमतीले भनिन्- "परी रिसाउने कुरै छैन, उनले बोले पुग्छ, आफ्नो दिनु पर्ने होइन ।" माझी फेरी समुद्रको किनारमा गएर "ए परी माछा, ए परी माछा" भनी बोलाउन थाल्यो । परी माछा देखापरिन् । माछा पहिलेको भन्दा अलि ठूलो देखिएको थियो । माझीले आफ्नो कुरा भन्न आँटेको मात्र थियो, माछाले भनिन्, "मलाई त्रि्रो श्रीमतीको चाहनाको विषयमा थाहा भइसक्यो । ती इच्छा पूरा हुनेछन्, सन्तोषपर्ूवक घर जाऊ । " माझी घर फक्र्यो । आफूले भनेको कुरा पाउँदा माझीकी श्रीमती झनै खुसी भइन् । सानो परिवारलाई केही दुःख थिएन । माछाको व्यवसाय राम्रै चलेको थियो । माझीकी श्रीमतीलाई अझ अरू बढ्ता पाउने इच्छा भयो । उसले यसपटक माझीलाई परी माछासँग राजाको जस्तो विशाल सुन्दर महल माग्न अह्राइन । माझीले यसपटक त श्रीमतीको कुरा नमान्ने निधो गरेको थियो । तर दिनरात एउटै कुरालाई श्रीमतीले दोहर्‍याइरहेकीले ऊ पनि दिक्क भयो । ऊ समुद्रको किनारमा गएर परी माछालाई बोलाउन थाल्यो । परी माछा देखा परिन् । उनको आखाँ पहिलेका भन्दा ठूल्ठूला थिए, कत्लाहरू पनि बडेमानका देखिन्थे । माझीले आफ्नो कुरा बतायो । परी माछाले भनिन्- "तिमीहरूको लोभले सीमा नाधिसक्यो । भोलि तिमीहरूले मलाई चन्द्र र्सर्ूय चाहियो भन्न पनि बेर मान्दैनौ । अहिले दिएको पनि बढी भयो । लोभी स्वभावका कारणले तिमीहरूले पाएका सबै सुविधा हराउने छन् । अब आफ्नै पुरानो जीवनमा चित्त बुझाउने कोसिस गर ।" यति भनी माछा समुद्रमा बिलायो । माझी दिक्क भई घर फर्क्याे । श्रीमती पहिलेकै अवस्थामा थिइन्, घर त्यही झुपडी थियो । एउटाले गरेको लोभको परिणाम सबैले भोग्नै पर्छ ।

माझीले छोरालाई भन्यो, "ए छोरा, त्यो पुरानो जालले त, तुनतान गरी समुद्रमा जाल थाप्न जानु पर्‍यो ।" -लोककथा पर्ुनर्कथन) शर्ीष्ाक के हो - बागमती थापा बिरानो ठाउँमा अपरिचित अनुहारहरूसँग घुलमिल हुन ललितको लागि चुनौती र अवसर दुवै थियो । ऊ गत हप्तामात्र पढ्नको लागि गाउँबाट सहर आएको थियो । गाउँका साथीभाइ र आमाबाको सम्झनाले बेलाबेलामा उसलाई सताइरहेको थियो तर सहरमा पढेर ठूलो मान्छे बन्ने सपनालाई विपनामा उतार्ने अठोट लिएर ऊ सहर आएको थियो । सहर आउनुअघि उसले सहरी जीवनका बारेमा राम्राभन्दा नराम्रा कुरा धरै सुनेको थियो । सहरका मानिसहरू एकदमै स्वार्थी हुन्छन् गाउँबाट आएका मानिसहरूलाई त पाखे भन्छन् । यी र यस्तै कुरा उसको मनमा गुन्जेका थिए । गाउँमा निम्न माध्यमिक विद्यालयभन्दा माथि उच्च शिक्षाको व्यवस्था भइदिएको भए ऊ सहर आउने थिएन । काका र काकीको सहयोगमा ऊ राजधानीको एक सरकारी स्कुलमा कक्षा ७ मा भर्ना भयो । भोलिपल्ट काकासँग ऊ स्कुल गयो । सरकारी स्कुल भए पनि त्यो स्कुल गाउँको स्कुलजस्तो थिएन । नौलो परिवेशमा नौला साथीहरूसँग सुरुमा त घुलमिल हुन उसलाई अलि असजिलो लाग्यो । बिहान पर््रार्थना सकिएपछि कुन सेक्सनमा बस्ने भन्ने दोधारमा थियो ऊ । भर्ना हुने बेला नै सरले कक्षामा दर्ुइवटा सेक्सन हुने कुरा बताउनुभएको थियो तर आफू कुन सेक्सनमा बस्ने थाहा थिएन । सबैजना कक्षाकोठाभित्र जान थालेपछि ऊ पनि कक्षा न्ाौ का विद्यार्थीहरूको पछि लागेर एउटा कक्षाकोठाभित्र प्रवेश गर्‍यो । अप्ठेरो मानी मानी एकजना साथीलाई सोध्यो, 'मैले कुन सेक्सनमा बस्नुपर्ला' 'त्रि्रो रोल नम्बर कति -' साथीेले सोध्यो । '८४' अलि अकमकाउँदै उसले भन्यो । त्यसो भए तिमी सेक्सन 'बी' मा पर्‍यौ । किनकि ४० रोल नम्बरसम्म सेक्सन 'ए ' त्योभन्दा माथिका सेक्सन 'बी' मा । त्यसैले ऊ तलको कक्षाकोठाभित्र जाऊ । साथीले यति राम्ररी बुझने गरी बताइदिएपछि ललित सेक्सन 'बी' मा गएर बस्यो । कक्षामा सर नआउञ्जेलसम्म अन्य साथीहरूसँग उसको परिचय भयो । "हाम्रो कक्षामा एकजना नयाँ साथी थपिएछ, त्रि्रो नाम के हो -" सँगैको बेन्चमा बसेको साथीले उसलाई माया गरेर सोध्यो ।

'ललित' सबैले सुन्नेगरी उसले भन्यो । नाम सुनेपछि सबैजना उनको नजिक आएर हात मिलाउन थाले । हलो मेरो नाम मदन, मेरो भैरव, म सुवास, म कविता यसरी नै ललितलाई धरै साथीहरूले आ-आफ्नो नाम बताए । त्रि्रो घर कहाँ हो - एकजनाले फ्याट्ट सोधिहाले । 'ओखलढुङ्गा' जवाफमा ललितले भन्यो । 'ए त्रि्रो घर ओखलढुङ्गा मेरो पनि त त्यही हो नि,' मदनले भन्यो । अर्को साथीले भन्यो, 'मेरो चाहिँ सल्यान हो ।' कविताले भनिन्, 'मेरो घर गोर्खा हो ।' यसरी सबैले आफ्नो घर राजधानीबाहिर भएको बताउन थालेपछि ललित खुसी हुनथाल्यो । ऊ मनमनै भन्न थाल्यो । कक्षामा पढ्ने आधाभन्दा बढी त गाउँबाटै पो आएका रहेछन् । एकछिनपछि सर आउनुभयो । सरले नेपाली पढाउनुभयो । सरले पनि नयाँ विद्यार्थी देखेर सोधिहाले, 'तिमी नयाँ भर्ना भएका हौ -' ललितले विनम्रताकासाथ उठेर भन्यो, 'हो सर ।' सरले नाम र ठेगाना सोधेपछि उसले सबै कुरा बतायो । भोलिपल्टदेखि सबैजना उसका साथी हुन थाले । ललितले सोचेको भन्दा ठीक उल्टो भयो । सहरमा पढ्ने मान्छे त स्वार्थी हुन्छ भन्ने सुनेको कुरा झुटो पो रहेछ भन्ने कुरा उसले अनुभव गर्‍यो । उसको राम्रो व्यवहारका कारण सबैजना उसको मिल्ने साथी भए । एक महिनापछि ऊ सबैको मनपर्ने साथी भइसकेको थियो । अरूसँग राम्रो व्यवहार गर्ने व्यक्तिको सबैजना साथी हुन्छन् भन्ने कुरा उसले उदाहरण बनेर देखाइदियो । स्कुलका अन्य विद्यार्थी पनि ललितजस्तो असल साथी भेट्टाएकोमा खुसी थिए ।


उद्धव उपाध्याय
Muna






Post Your Comment
Name:
Email:
Web Site:
Your Comment:
Word Verification: * Type the characters you see in the picture below.
If you can't read the characters,
click here.

*
Letters are not case-sensitive



[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम