Online Nepali Literature Forum
   

Users Online : 13
| More
अक्षरको आकार:   - | +
बाल साहित्य
बाल गीत (इश्वर अंकल/स्पन्दनको बाबा) - [2007-08-25]

हाम्ले खेल्ने खेल,कोनाम के हो भन

एबिसिडी १ २ ३ ४ खेल्दै तिमी गन

गन साथी एबिसिडी इएफजिएच भन

धेरै पढि धेरै जानी ठूलो मान्छे बन



आफू भन्दा ठूलालाई आदर गर्नु पर्छ

आफू भन्दा सानालाई माया गर्नु पर्छ ...

माया गर्नु पर्छ साथी माया गर्नु पर्छ।

साथी हामी मिली मिली खेलौ सबैसँग

एबिसिडी १ २ ३ ४ खेल्दै तिमी गन

भन साथी इएफजिएच आईजेकेल भन



धेरै पढि धेरै जानी ठूलो मान्छे बन

कहिले हामी खेल्ने, कहिले टी भि हेर्ने

घरमा पनि पढ्ने हामी सँधै स्कुल जाने.....

स्कुल जाने साथी हामी सँधै स्कुल जाने।



साथी हामी मिली मिली खेलौ सबैसँग

एबिसिडी १ २ ३ ४ खेल्दै तिमी गन

भन साथी एमएनओपी क्युआरएसटी भन

धेरै पढि धेरै जानी ठूलो मान्छे बन







इश्वर अंकल (स्पन्दनको बाबा)

Iswor52@hotmail.com

कोसोभो







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम