हेर हेर आकाशमा कतिधेरै तारा
बिहान हुनसाथ बिलाइजान्छन सारा ।
चमक चमक चम्किदै बत्ती बाल्छन राती
हेर हेर साथी हो जुनताराको तांती ।
ताराहरु हामीलाई अध्यारोको साथी
छुन खोज्दा भेटिदैन बस्छन माथि माथि ।
आउ खेलौ ताराहरु चम्किएको बेला
हामीलाइ देखेर धेरै धेरै चम्किदेला ।
नम्रता गुरागाईं,
हाल यूएस