Online Nepali Literature Forum
   

Users Online : 11
| More
अक्षरको आकार:   - | +
बाल साहित्य
साहसी बाजे - [2006-11-24]

कुनै गाउँमा मुक्तिनाथ शर्मा नाम गरेका पण्डित बस्दथे । उनी पण्डित मात्र नभएर त्यस क्षेत्रका नाम कमाएका ज्योतिष र झारफुक गर्ने मानिस पनि थिए । उनले गर्ने गरेको काम भनेको पण्डित्याइँ, ज्योतिष, झारफुक र खेतीपाती थियो । गाउँलेहरू बच्चा जन्मँदा, न्वारन गर्दा, बिरामी हुँदा हेराउन र फुक्न लगाउन पण्डित बाजेकहाँ पुग्दथे । भाइ-बहिनी हो ! पण्डित बाजे गोरखा कालिकामा पूजापा गर्ने एक पण्डित पनि थिए । एकपटकको कुरो हो, चैत दसैंका दिन गोरखा कालिकाको पूजापा गर्न राति नै घरबाट उ ेर पण्डितबाजे गोरखातिर लागे । गोरखा जाँदा बाटोमा पर्ने खोलाको छेउमा ूलो ओढार रहेछ । पण्डित बाजे खोला तर्न लागेको बेला ओढारबाट रोएको आवाज आयो 'ऐया ! मरेँ ! ऐया मरेँ ! बा हो ! मरेँ नि !' रातको समयमा खोला नजिक महिला रोइरहेको सुनेर अचम्म मान्दै उनले आँटिलो स्वरमा "को हो - किन रोएको, के भयो र रोएको हँ -" भनी सोधे । "ए मनुवा ! केही जानेको छस् भने पानी तर्दै ओढारमा आइज । म भूतकी स्वास्नी हुँ । मलाई सुत्केरी हुने बेथा लागेको छ ।" ओढारभित्रबाट स्वर सुनियो । मुक्तिनाथ बाजे पनि डर नमानीकनै भूत बस्ने ओढारमा गए । सुत्केरी बेथा लागेर छटपटाइरहेकी भूतकी स्वास्नीलाई उनले हेरविचार गरी पानी फुकेर खान दिए । फुकेका पानी खाएको एकछिनमै भूतकी स्वास्नीले छोरो पाई । उसले बाजेलाई धन्यवाद दिँदै "कहाँ जान लाग्नुभएको बाजे" भनेर सोधी । बाजेले गोरखा कालिकाको पूजापा गर्न जान लागेको कुरा बताए । भूतकी स्वास्नीले भनी- "मेरो लोग्ने पनि खानेकुरा बटुल्न गारेखा नै गएका छन् । तपाईंले उनलाई भेटेर म सुत्केरी भएकी, छोरो जन्मेको कुरा भनिदिएर चाँडै घर पर् ाई दिनुहोस् न !" "मेरो लोग्ने जात्रालुभन्दा अग्ला छन् । उनको खुट्टा अलि अगाडितिर घुमेको छ" भनेर चिन्नलाई सजिलो पनि पारिदिई । त्यसपछि पण्डित बाजे पनि गोरखातिर लागे । गोरखा पुगेर मुक्तिनाथ बाजे भूतलाई जात्रालुको भीडमा खोज्न थाले । उनले भूतको स्वास्नीको भनाइ अनुसारको व्यक्तिलाई च्याप्प समाते ।



त्यसलाई एकान्तमा लगी उनले भने- "तेरी स्वास्नी सुत्केरी बेथा लागेर रोइरहेकी रहिछ, मैले पानी फुकेर खान दिएको थिएँ । छोरो पाएकी छ, चाँडै घर जा भने" भूत पनि "र्फकंदा घरमा पस्ने" निम्ता दिँदै आफ्नो घरतिर लाग्यो । मुक्तिनाथ बाजे पनि पूजापा सिध्याएर घर र्फकंदा भूतको घर पसे । त्यस समयमा भूत र भूतकी स्वास्नी घरमा बसिरहेका थिए । भूतले खुसी हुँदै भन्यो- "बाजे ! मेरी स्वास्नीलाई तपाईंले बचाइदिनुभएछ । मलाई यति ूलो गुन लगाउनुभयो । यो गुन तिर्न म तयार छु । तपाईंलाई केही समस्या पर्‍यो भने मलाई सम्झनुहोस् है" भन्दै उनलाई बिदा गर्‍यो । चलाख मुक्तिनाथ बाजेले मौकाको फइदा लिन एउटा सोच बनाए । त्यही सोचअनुसार खेत बिराउन र बारी बनाउन लगाउने निधो गरे । यो काम गर्न लगाउन उनी एकदिन भूतको घर गए । भूतलाई खेत बिराउन र बारी बनाउन प्रस्ताव राखे । भूतले पनि ज्याला नलिने, खाजा दिनुपर्ने र्सतमा काम गर्ने भयो । भूतले बिराइदिएको खेत र बनाइदिएको बारीमा उनले खेतीपाती गरी आनन्दका साथ जीवन बिताउन थाले ।





प्रस्तुतिः प्रेम तिवारी

मुना





तपाईंको प्रतिकृया

tiwari jee,
bal katha, ta yathartha po hunu parchha, jeevan ma sangharsha garna sikaune khalko hoina ra?



तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम