Online Nepali Literature Forum
   

Users Online : 8
बाल साहित्य
साहसी बाजे - [2006-11-24]

कुनै गाउँमा मुक्तिनाथ शर्मा नाम गरेका पण्डित बस्दथे । उनी पण्डित मात्र नभएर त्यस क्षेत्रका नाम कमाएका ज्योतिष र झारफुक गर्ने मानिस पनि थिए । उनले गर्ने गरेको काम भनेको पण्डित्याइँ, ज्योतिष, झारफुक र खेतीपाती थियो । गाउँलेहरू बच्चा जन्मँदा, न्वारन गर्दा, बिरामी हुँदा हेराउन र फुक्न लगाउन पण्डित बाजेकहाँ पुग्दथे । भाइ-बहिनी हो ! पण्डित बाजे गोरखा कालिकामा पूजापा गर्ने एक पण्डित पनि थिए । एकपटकको कुरो हो, चैत दसैंका दिन गोरखा कालिकाको पूजापा गर्न राति नै घरबाट उ ेर पण्डितबाजे गोरखातिर लागे । गोरखा जाँदा बाटोमा पर्ने खोलाको छेउमा ूलो ओढार रहेछ । पण्डित बाजे खोला तर्न लागेको बेला ओढारबाट रोएको आवाज आयो 'ऐया ! मरेँ ! ऐया मरेँ ! बा हो ! मरेँ नि !' रातको समयमा खोला नजिक महिला रोइरहेको सुनेर अचम्म मान्दै उनले आँटिलो स्वरमा "को हो - किन रोएको, के भयो र रोएको हँ -" भनी सोधे । "ए मनुवा ! केही जानेको छस् भने पानी तर्दै ओढारमा आइज । म भूतकी स्वास्नी हुँ । मलाई सुत्केरी हुने बेथा लागेको छ ।" ओढारभित्रबाट स्वर सुनियो । मुक्तिनाथ बाजे पनि डर नमानीकनै भूत बस्ने ओढारमा गए । सुत्केरी बेथा लागेर छटपटाइरहेकी भूतकी स्वास्नीलाई उनले हेरविचार गरी पानी फुकेर खान दिए । फुकेका पानी खाएको एकछिनमै भूतकी स्वास्नीले छोरो पाई । उसले बाजेलाई धन्यवाद दिँदै "कहाँ जान लाग्नुभएको बाजे" भनेर सोधी । बाजेले गोरखा कालिकाको पूजापा गर्न जान लागेको कुरा बताए । भूतकी स्वास्नीले भनी- "मेरो लोग्ने पनि खानेकुरा बटुल्न गारेखा नै गएका छन् । तपाईंले उनलाई भेटेर म सुत्केरी भएकी, छोरो जन्मेको कुरा भनिदिएर चाँडै घर पर् ाई दिनुहोस् न !" "मेरो लोग्ने जात्रालुभन्दा अग्ला छन् । उनको खुट्टा अलि अगाडितिर घुमेको छ" भनेर चिन्नलाई सजिलो पनि पारिदिई । त्यसपछि पण्डित बाजे पनि गोरखातिर लागे । गोरखा पुगेर मुक्तिनाथ बाजे भूतलाई जात्रालुको भीडमा खोज्न थाले । उनले भूतको स्वास्नीको भनाइ अनुसारको व्यक्तिलाई च्याप्प समाते ।

त्यसलाई एकान्तमा लगी उनले भने- "तेरी स्वास्नी सुत्केरी बेथा लागेर रोइरहेकी रहिछ, मैले पानी फुकेर खान दिएको थिएँ । छोरो पाएकी छ, चाँडै घर जा भने" भूत पनि "र्फकंदा घरमा पस्ने" निम्ता दिँदै आफ्नो घरतिर लाग्यो । मुक्तिनाथ बाजे पनि पूजापा सिध्याएर घर र्फकंदा भूतको घर पसे । त्यस समयमा भूत र भूतकी स्वास्नी घरमा बसिरहेका थिए । भूतले खुसी हुँदै भन्यो- "बाजे ! मेरी स्वास्नीलाई तपाईंले बचाइदिनुभएछ । मलाई यति ूलो गुन लगाउनुभयो । यो गुन तिर्न म तयार छु । तपाईंलाई केही समस्या पर्‍यो भने मलाई सम्झनुहोस् है" भन्दै उनलाई बिदा गर्‍यो । चलाख मुक्तिनाथ बाजेले मौकाको फइदा लिन एउटा सोच बनाए । त्यही सोचअनुसार खेत बिराउन र बारी बनाउन लगाउने निधो गरे । यो काम गर्न लगाउन उनी एकदिन भूतको घर गए । भूतलाई खेत बिराउन र बारी बनाउन प्रस्ताव राखे । भूतले पनि ज्याला नलिने, खाजा दिनुपर्ने र्सतमा काम गर्ने भयो । भूतले बिराइदिएको खेत र बनाइदिएको बारीमा उनले खेतीपाती गरी आनन्दका साथ जीवन बिताउन थाले ।


प्रस्तुतिः प्रेम तिवारी
मुना




Your Comments
Showing 1 - 1 Of 1
Comment By:Commemt
gb acharya
acharyagb@hotmail.com
www.sahityghar.com
tiwari jee,
bal katha, ta yathartha po hunu parchha, jeevan ma sangharsha garna sikaune khalko hoina ra?
1  


Post Your Comment
Name:
Email:
Web Site:
Your Comment:
Word Verification: * Type the characters you see in the picture below.
If you can't read the characters,
click here.

*
Letters are not case-sensitive



[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम