Online Nepali Literature Forum
   

Users Online : 11
| More
अक्षरको आकार:   - | +
बाल साहित्य
उखानको बखान (कृष्णप्रसाद पराजुली) - [2006-07-24]

छलफल चलिरहेको थियो उखानकै बारे । आश्वासले सोध्यो - "दिदी, उखान कसरी बन्छन् -" "उखान विभिन्न किसिमले बन्छन् - कुनै संस्कृति -चालचलन) बाट, कुनै इतिहासका घटनाबाट, कुनै विशेष भनाइबाट आदि । त्यसका पनि आ-आफ्नै कथा र सर्न्दर्भ हुन्छन् । "उखानका कथा सुन्छौ त -" सरस्वती दिदीले भनिन् । "सुन्छौँ, सुन्छौँ" भनेर सबले गाउन थाले - कथा सुनौँ, कथा सुनौँ हामी उखानको चाह लाग्यौ हामीलाई त्यसको बखानको हामी सबै उखान अब सिक्तै जान्छौँ है इन्द्रको अघि र्स्वर्गको बयान के पो गरूँ खै ! सरस्वती दिदीले उखानको कथा भन्न थालिन् । कथा १ ः आधा गाग्रो पानी छचल्किन्छ हामी भन्छौ नि - 'आधा गाग्रो पानी छचल्किन्छ' किन थाहा छ - नभरिएको गाग्रो छचल्किन्छ र छचल्किँदा आवाज आउँछ । यसको उल्टो भरिएको गाग्रोचाहिँ न छचल्किन्छ, न त्यसबाट आवाज नै निस्किन्छ । पानीको गाग्रो बोकेर आउने आइमाईको सम्बन्धमा यो हाम्रो दिनहुँ हुने अनुभव हो तर यो त आँखाको अनुभव मात्र हो । कति मानिसले यस्तो देखे तापनि उनीहरूमा कुनै प्रतिक्रिया हुँदैन । कुनै दिन कोही विचारशील मान्छेका मनमा भने यो दृश्य त्यस मान्छेको चित्र सामुन्ने उभ्याइदिन्छ - जो धेरै बोल्छ तर उसको ज्ञान अधकल्चो र विद्या अधुरो छ । यस स्थितिमा आँखाको अनुभव मनको अनुभवका रूपमा साटिन्छ । अनि उसको मुखबाट एक्कासि निस्कन्छ- "आधा गाग्रो पानी छचल्किन्छ ।" यो वाक्य प्रसङ्गविशेषमा निस्केको हो तापनि उस्तै प्रसङ्ग आउँदा अरू मानिसले पनि यस वाक्यलाई दोहर्‍याउन थाल्छन् । यस प्रकार यो उक्ति लोकको उक्ति बन्यो । यसले उखानको रूप लियो । कथा २ ः अर्थ न बर्थ गोविन्द गाई उखान पछिसम्म पनि संस्कृति वा चालचलनमा बचेर रहिरहन्छन् । उदाहरणका रूपमा र्'अर्थ न बर्थ गोविन्द गाई' उखानलाई लिउFm । पहिले-पहिले 'गोविन्द गाई' गाउने गरिन्थ्यो अर्थ बुझनिे गरी तर पछि पुराना मान्यता खस्कँदै जाँदा 'गोविन्द गाई' गाउने चलन हरायो । उक्त उखान भने अहिलेसम्म बचिरहेकै देखिन्छ ।



अर्थै नबुझी छेक न छन्द हुने वा फाल्तू कुरामा अल्झनेलाई यो उखान लागू हुन थाल्यो, अनि भयो - अर्थ न बर्थ गोविन्द गाई । कथा ३ ः आयो दसैँ ढोल बजाई, गयो दसैँ रिन बोकाई दसैँ नेपालीहरूको ूलो चाड हो । यसले गरिबहरूमा पनि चहलपहल ल्याउँछ । गरिबहरू दुःख गर्दागर्दा हैरान भइसकेका हुन्छन् । बल्लतल्ल दर्सर्ैैआउँछ, दसैँ राम्रैसँग मान्नर्ुपर्छ भनी मी ो खाने, राम्रो लगाउने व्यवस्था मिलाई रमझम गरिन्छ तर यता रिन लागेर उधुम हुन्छ । अनि त्यसैलाई सम्झेर उखान बनेको हो - आयो दसैँ ढोल बजाई गयो दसैँ रिन बोकाई कथा ४ ः जे ी माग्छे पानी कान्छी माग्छे घाम एक बूढाका दर्ुइ छोरी थिए । जे ीको विवाह मालीसँग भयो, कान्छीको विवाह कुमालसँग । धेरै दिनपछि जे ी छोरीकहाँ पुगेर बूढाले सोधे- "छोरी, तिमीलाई के चाहिन्छ -" उसले भनी - "बाबा पानी परे फूल फुल्छ । हाम्रो कमाइ हुन्छ । पानी परिरहोस् भनेर पर््रार्थना गरिदिनुहोस् ।" अनि उनले कान्छी छोरीकहाँ गएर सोधे - "छोरी, तिमीलाई के चाहिन्छ -" उसले पनि भनी- "घाम लागे भाँडा सुक्छन् । घाम लागिरहोस् भनेर पर््रार्थना गरिदिनुहोस् ।" अनि त्यसपछि बूढा दिक्क मान्दै गुनगुनाउन थाले - जे ी माग्छे पानी कान्छी माग्छे घाम म एक्लो बूढो हरे ! कतातिर जाम - कथा ५ ः देखौँला नि पाँडेको दर्ीघायु नेपालकै एउटा मानिसले ूलै कसुरमा प्राणदण्डको सजाय पाएछ । उसले प्राण छोड्नुभन्दा अगाडि बाटामा आउँदै गरेका काजी दामोदर पाँडेलाई सलाम गरेछ । काजीले पनि सलामको जवाफमा 'दर्ीघायु होस्' भनेछन् । त्यसपछि प्राण छोड्न लागेको मानिसले यसरी मनको घाउ व्यङ्ग्यमा पोखेछ- 'देखौँला नि पाँडेको दर्ीघायु' ।



त्यसैबेलादेखि 'देखौँला नि पाँडेको दर्ीघायु' भन्ने उखान बनेर समाजमा चलेको देखिन्छ । 'देखौँला नि पाँडेको दर्ीघायु' भन्दा काजी दामोदर पाँडेको मनमा अर्कै प्रभाव पर्न गएछ । उनले राजासँग बिन्ती गरी प्राणदण्ड पाएको त्यस मानिसलाई आखिरमा बचाइदिए अरे ! "अहा ! कस्तो रमाइलो ! उखानका यस्ता कथा अरू पनि छन् -" "थुप्रै छन् । आजलाई समय सकियो । बाँकी अर्कोपल्ट है -" सरस्वती दिदीले भनिन् । "हुन्छ हवस् ।" यस्तै-यस्तै धेरै कथा उखानका हुन्छन् उखान राम्रो हुँदा सबै मान्छे सुन्छन् ।





मुनाबाट







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम