| मुक्तक |
दुई मुक्तकहरु (भरु पल /नोर्थ योर्कशायर)
\'जीवन\'
उसले बांचेको प्रत्येक पल उ मरिरहेछ
मरिरहेको मान्छे फेरि किन बांचेको अभिनय गरिरहेछ?
पछि रहस्य जान्न खोज्दा थाहा भो -
अहो! उ त लालचको वैतरणी पो तरिरहेछ।
|
निरङ्गकुशताका तारा (छबिरमण सिलवाल)
मौसम जाडोको,
राजनितिक गर्मी
त्राहिमाम तर्राई
उग्रनारा उग्रकुरा
निरङ्गकुशताका तारा
आफ्नै भाई मार
|
कान्छीको भट्टी (दिलिप राइ/मलेसिया)
दुइ मुक्तक
जागीर
आयोगमा अन्तर्वार्ता दिन गयो
र्सर्टिफिकेट हैन हेछ हाकिमले सुन्दर फेस
जागीर पाए पनि तलब थाप्न पा\'को हुन्न
हिसाब गर्यो --चामल, नुन, तेल
|
बाङ्गो हुन्छ मान्छे (प्रकाश भट्टराई)
सोचेभन्दा धेरै बाङ्गो हुन्छ मान्छे
चरित्रमा साह्रै उदाङगो हुन्छ मान्छे
महङ्गा महङ्गा बस्त्रले लाज ढाके पनि
लुगा भित्र सदा नङ्गो हुन्छ मान्छे
प्रकाश भट्टराई
|
माछी र मेरो जीवन (बिष्णु बहादुर छेत्री)
फुलै- फुलमा घुम्ने भमरा दुर्गन्धमा किन बस्यो !
खुशि- खुशि मा रम्यको जिवन दुख तिर किन पस्यो !
आखिर जता पसे पनि जाहा बसे पनि यो केबल यात्रा हो ,
जन्म सगै जिन्दगिले बेहरिको माछी जस्तै दर्द...
|
माया (धनेन्द्र विवश निर्दोषी भुजेल)
न साउन भदौको
भेल हो माया,
न जुवाडीको जुवा खेल।
न निर्दोष आत्मा
फसाउने झेल हो माया,
न सारा खुशी कैद गराउने जेल।
न आपराधिक हतकडी
र नेल हो माया,
न कुनै...
|
मेरो देश राम्रो छ (भवानी घिमिरे, सगरमाथा)
म बाचेँको परिबेश राम्रो छ
यो पहाड मधेश राम्रो छ
सबै कुरा राम्रो छ यहाँ
र त मेरो देश राम्रो छ
भवानी घिमिरे, सगरमाथा
bhawani_ghimire@yahoo.com
|
आँशु त्यसै झर्छ (मन्जील् दिप् आङ्देम्बे)
जिन्दगीको गोरेटोमा एउटा दोबाटो छ !
त्यहि दोबाटोमा संगम भई जीवन् कथा बन्छ !!
जल्छ कथा अनायसै त्यो पराईको रापले !
शून्यता र एकान्तमा आँशु त्यसै झर्छ !!
मन्जील् दिप्...
|
खान्न (राकेश कार्की/लस् एन्जेलस्)
१.
रक्सी पनि खान्न भन्छन्
घुस पनि खान्न भन्छन्
दाह्रो र बङ्गारो तिखार्दै
प्रधानमंत्री पनि खान्न भन्छन् ।।
---------------------------------
२.
...
|
भेटिन मैले (नबिन कुमार चिन्तन)
कसैको घर भेटिन मैले
कसैको थर भेटिन मैले
सबै कुराले पूर्ण हजुर
कुनै शहर भेटिन मैले |
नबिन कुमार चिन्तन
itsmechintan@hotmail.com
|
मदिराको नशा (शान्तराम थापामगर)
तिम्रो स्नेहिला हातले मदिरा दियौ प्रिया
बाहिर बाट मगाएको भन्दै थियौ प्रिया
मदिराको नशा हो वा तिम्रो नशा हो कुन्नी
झन्डै, झन्डै मेरो ज्यान सम्म नै लियौ प्रिया ।
|
सर्बस्व लुटियो (बिष्णु बहादुर छेत्री)
चिन्जन बिना माया नदिनु
आन्जनैमा मन नदिनु
मेरो त यसै पनि सर्बस्व लुटियो,
अरु कसैले जिबन् लुटिन नदिनु
बिष्णु बहादुर छेत्री
|
एकजोर मुक्तक (राकेश कार्की)
नशा
छुन्न छुन्न भन्दा भन्दै छोइदिएँ
हुन्न हुन्न भन्दा भन्दै खोलीदिएँ
नशा भन्ने चिज नै यो कस्तो
टुन्न टुन्न हुने गरी धोकिदिएँ
पिउनु
कोही जिएर पिएका छन्
|
चाँर् मुक्त्तक् (मन्जील् दिप् शुब्बा/पाँचथर् नेपाल्)
(क)
तिमिले त मेरो वियोग् मा !
लाखौँ बत्ति बाल्छौ होला !!
मेरो शिघ्र स्वास्थ्य लाँभको लागि !
पाति चडाँई बर् माग्छौ होला !!
(ख)
म भने तिम्रो...
|
गणतान्त्रीक ३ मुक्तक (टेक थजाली मगर/म्याग्दी)
१ छिट्टै आँउ सदाबहार हरियाली लिएर गणतन्त्र
सधै भरी सवैलाई खुसियाली लिएर गणतन्त्र
तिम्रो आगमनको प्रतिक्षामा सजिएका छन् बाटोहरु
अञ्जुलिभरी मखमली फुल र दिपावली लिएर गणतन्त्र
|
दुर्गा राइ (भोजपुर)
जिन्दगी.......
न धारमा बग्छ, न ज्वारमा, मौनताकै ताल भो जिन्दगी,
न हार छ न सार छ कुनै, दुनियामै बेहाल भो जिन्दगी,
कोहि त बताई देऊ हे दुनिया यो जिन्दगीको अर्थ,
ज्युने साहारा खोज्दा...
|
बिष्णु बहादुर छेत्री
संसार सँग लड्दा लड्दै धर्ती सँग हारी सके
फुलको वहाँरको प्रतिक्षा गर्दा गर्दै उजाड भुमरिमा परी सके !
छाडिदेउ दुनियाँ, अब देखि हेर्न मलाई,
आफ्नै सहजता को दुनियाँ मा जिउने निर्णय गरी...
|
भाइ जगत् आङ्देम्बे (दोहा कतार)
अल् मुक्क्तार् कम्पनी दोहा कतार्।
सावने झरि बनि बर्सन मन लाग्छ
छिनेको चङ्गा सरि बतासिन रहर् लाग्छ
उन्कै शुन्दर् हसिलो मुहार् हेरि!
आइ लभ् यु भन्न एच्छा जाग्छ
तिन् कै चन्चले...
|
भानु दुलाल क्षेत्री (झापा)
यहा सबैखाले मान्छेको मेल हुन्छ
फटाहहरु लोहोरो बेल्छन्
सज्जनको तेल हुन्छ
बोले जेल हुन्छ नबोले,
राजनैतिक खेल हुन्छ
भानु दुलाल क्षेत्री
(झापा)
|
ब्वाँसोलाई फकाई रहेछौ (चन्द्र तामाङ/सिन्धुली)
गिद्दहरुलाई स्वागत गर्न, परेवा धपाई रहेछौ तिमी
आफ्नै शिशु उपहार दिंदै, ब्वाँसोलाई फकाई रहेछौ तिमी
कस्तो चाला हो यो तिम्रो? मैले त केहि बुझ्नै सकिन
रमाई रमाई आफ्नै मुटु, कलेजो चपाई...
|
|