Online Nepali Literature Forum
   

Users Online : 12
| More
अक्षरको आकार:   - | +

मुक्तक
Rss Feed
हिजो सम्म मनमा थियौ (डाशुराम ढकाल)
हिजो सम्म मनमा थियौ आज कता बिलाई गयौ

पिरातिका नशा सबै मलाई मात्र पिलाई गयौ

जुनी जुनी तिम्रै हु भन्थ्यौ क्यारे तिमिले त

दु;ख जती मलाई दिइ आफ्नो मन सिलाई गयौ
धोकेसंसार (माया थापा, नानू)
पानी बिना भौतारिने पियासी चरिलाई

कस्ले सम्झै दिन्छ आज घायल मुटुलाई

सबै जना आगो ताप्छन बलेको मात्रै

धोके संसार कसले जोड्छ तुक्रियको मुटुलाई





- काठमांडौ
बाधेका ति कसम (गनिन्द्र बिबस सुब्बा)
बाधेका ति बाचा कसम फिर्ता लेउ बरु

धरोधर्म पर्दिन म तिम्रो छेउ बरु

मै मरी हत्ते गर्ने पराइ थन्छाउ किन ?

सम्बन्ध विच्छेद गराउ धोक्का देउ बरु
भिनाजु बनायौ (परशुराम पराशर)
मलाई तिमीले भिनाजु बनायौ

दुबै भार बोक्ने तराजु बनायौ

सधैको गुनासो भयो सुन्नुपर्ने

बिना तन्त्रविद्या गुभाजु बनायौ ।।
मस्त थियौ पराइसँग (ॠषि राम खवास "जिताली बन्धु")
मस्त थियौ पराइसँग, ढुक्क सँग बस्दै थियौ

ऐना हेर्दै कोरी बाटी, क्रिम पाउडर घस्दै थियौ

तिम्रो अभाबमा यंहा म, छट्पटिएर लडदै गर्दा

हांसी हांसी उसैसँग, लगन गाँठो कस्दै थियौ
समय: ढुकढुकी र तरंगहरुमा (मधु माधुर्य)




युद्ध, हड्ताल, नेपालबन्द - हाम्रै पेवा भयो

विकास, शान्ति, लोकतन्त्र - आज कता गयो ?

सोमालिया हाम्रो दौंतरी रे - ढल्यो सगरमाथा

गाउलान कि त डाँफे-मुनाल हाम्रो गौरव-गाथा ?



२.
शान्ति सुरक्षा (राकेश कार्की)
अर्काको आँशुमा पौडने मित्रहरु

छाति किल्चेर दौडने मित्रहरु

शान्ति सुरक्षाको नारा भो नदेउ

सर्वस्व मिच्दै चौडने मित्रहरु





- लस् एन्जेलस्
एक घुट्की पिईदिए (प्रदीप गौतम)
(१)

देश लाई सम्झिए

कहाली लागेर आयो

स्लमड्गहरुलाई सम्झिये

माया लगेर आयो





(२)

बिगतलाई सम्झे

इर्श्या जागेर आयो

देशको राजनीति सम्झे

अबिश्वास बढेर आयो ...
गरिब हुनु अभिषाप (अप्जसे कान्छा)
गरिब हुनु अभिषाप होइन

काम गर्नु नोकर हुनु होइन

मलाइ कामको सम्मान चाहिन्छ

जोगिलाइ दिए जस्तो दान होइन
सानो भावना ( बिपु वाइबा )
मुक्तक , म



मारेर मन मेरो मुस्कुरायौ

मित्थ्या माया मैमा मिलायौ

मिठो मधुर मिलन मनोरन्जन मात्र

मज्जाले मायाको मरन मनपरायौ ||





रुवाइ , पैसाको नशा



पैसाको नशा लौ...
अभिलाषा (सुश्री मनिका राना)
झुटो आश्वासनको उन्मुक्त हाँसो भन्दा,

कठोरहोस्, वास्तविकताको आशु मन पर्छ

अद्दम्बर र अहमबाद्को फोर्सो जिन्दगी भन्दा,

यथर्थताको पिडायुक्त जिन्दगी नै मन पर्छ !







-...
दुइ मुक्तक (आनन्द रानोहोँछा)
१) फलामको मान्छे







जति झरि परे पनि फुकै रुप बालुवाको ।

जति रितु आए पनि उस्तै रुप पालुवाको ।।

बत्तिस् चोटि मर्दै-बाच्दै गरेको कस्लाई थाहा,,!?

सुख भन्नु जिन्दगिमा तिजको कथा...
३ मुक्तक (अशिम् शर्मा "निर्दोशि")


यथार्थमा जीवन मेरो इनारको जल रहेछ

हावा संगै बगिजाने यूवतिको शल रहेछ

आशा र विश्वास्को महल पनि ढलेपछि

सबै बाट घिरणा पाउने क्षणीक एउटा पल रहेछ|







आज भोलि अलिअलि पिउन...
केही रुबाइहरु (आदिम)
१)



यो गीतको सुन्दर हार मेरो मान्छेलाई

यो संगीतको मिठो झन्कार मेरो मान्छेलाई

यो साँझ अनि यो जमघटको कसम,

यो मुटुको चोखो प्यार मेरो मान्छेलाई ।



२)



के भो के भो...
मुक्तकलाई रुवाई पनि भन्न सकिन्छ ?
केही बर्षअघि देखि केही युवा साहित्यकारहरुले मुक्तकलाई रुवाईको संज्ञा दिदै आउनु भएको छ । रुवाई शब्द प्रति कसैलाई असहमति भए पनि विशेषत पूर्वी नेपालमा मुक्तकलाई रुवाई भन्न शुरु गरिएको छ ।...
८ रुवाईहरु (सेसेहाङ् फियाक लिम्बू)
।। १।।

फूलैफूलको संसारमा एउटी चरी भेटें आज

जिन्दगीको शहरमा एउटी परी भेटें आज

स्वर्गबाट कहिलै यहाँ झरी होलिन्

उनलाई पाउनै आशा पाल्दै मरी मेटें आज।





।। २।।

फूल...
हतियार पो रहेछ (खिम प्रसाद अधिकारी)
फूल भनी टीपेको थिए

गन्धे झार पो रहेछ।

माया भनी अङगालेको थिए

धारिलो हतियार पो रहेछ।।

----------------------------------------------------------







बसन्तले हरियाली ल्याएर के भयो

शिशिरले उजाड गराइदियो...
दुइ मुक्तक (केशव लामिछाने)
ननिस्कनु साँझ साँझ

गाउघरको हल्ला माझ

सम्हालेर बस जोवन

धेरै टाढा छु म आज //



फर्की आउछु पर्खिबस

क्रीम पाउडर क्यै नघस

दुनियाँले जे भने नि

तिम्रै छाती मेरो वास //

...
ननिस्कनु साँझ साँझ (विकास)
ननिस्कनु साँझ साँझ

गाउघरको हल्ला माझ

सम्हालेर बस जोवन

धेरै टाढा छु म आज //



फर्की आउछु पर्खिबस

क्रीम पाउडर क्यै नघस

दुनियाँले जे भने नि

तिम्रै छाती मेरो वास //



दुइ मुक्तक (ज्योति भंडारी "कांछी'')
१.

प्रेमी प्रेमी जस्तो नाता

थियो हाम्रो पैले

छुटी गयौ दुवै जना

टाढा भयौ ऐले



२.

भेट हुने दिन हाम्रो

आउने होला कैले

त्यही दिनको आस गर्दै

पर्खिरहेछु मैले //

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम