| मुक्तक |
बैश आको ठिटीहरुको रौनक झल्याक झुलुक (नरेश नाति)
बैश आको ठिटीहरुको रौनक झल्याक झुलुक
त्यस्तो देख्दा पापी मनको बिचार सल्याक सुलुक
साथमा स्वास्नी नहुदा त अ हौ !
दाँया बाँया आँखाहरु गर्छन पल्याक पुलुक ।
- सेरिया, ब्रुनाई
|
प्रकाश आङ्देम्बेका रुबार्इयात
कमिला यत्रतत्र हात्ती सिक्रिमा छ
असिमित चाहनाहरु दिनरात फिक्रीमा छ
आउनोस सस्तो मै मिलाएर लानोस
आजभोलि यो ज्यान पनि बिक्रिमा छ।
२
बिदेशीलाई फकाउन रीति ढाल्नोस हजुर
भ्रष्ट...
|
रुबाई बारे थप जानकारी (प्रकाश आङ्देम्बे)
रुबाईको पुर्वअवस्था
रुबाइ(एकबचन), रुबाइयात(बहुवचन) फारषीभाषाको लोक लय भएता पनि यसलाई मलजल र अग्लो सृजनात्मकता दिने काम उमर खैयामले गरे। रुबाइको अध्यन गर्दा उमर खैयामलाई अध्यय्न नगरी...
|
कोहि आउने र कोहि जानेले जिन्दगी रोकिन्न है (राई मुक्मेन...
कोहि आउने र कोहि जानेले जिन्दगी रोकिन्न है
मन परेको कुनै चिजको मूल्य तोकिन्न है
स्वर्ग जान ईच्छा हुने मर्नु भन्द पछि हट्ने
मर्नु भन्दा पहिलै नै त स्वर्ग देखिन्न है
|
१४ फेब्रुवरी (रिवाज शर्मा)
मनले मनलाई माया गर्थ्यौं, कति गाढा थियो
कसले भन्छ तिम्रो मेरो माया छाडा थियो
न त कहिल्यै मनलाई ढाट्यौं, न गुलावै साट्यौं
न धमिलो सम्बन्ध थियो, न त काँडा थियो
१४ फेब्रुवरी
|
पठाएको छु (प्रकाश अजनबी पौडेल)
आमालाई चिठीको एउटा खाम पठाएको छु
खामको बाहिर आफ्नो नाम पठाएको छु
चिठी संगै एकै ठाउमा पोको पारी वरी
बर्षौ देखी कमाएको दाम पठाएको छु ॥
- कुर्घा-पर्बत ॥
|
साबुन भए लजाउदै अंग अंग छूने थिए (अर्जुन ठकुरी जोय)
साबुन भए लजाउदै अंग अंग छूने थिए !
विस्तारै फीज फिजाउदै अंग अंग छूने थिए !
शिर देखि पाऊ सम्म राज मेरो नै हुने थियो,
पबित्र जल भिजाउदै अंग अंग छूने थिए !!
|
गिर्छौ भन्ने के थाहाँ (ध्रुब बिसी)
हाकिम पनि यति सम्म गिर्छौ भन्ने के थाहा।
राम्रो मान्छे जरीवाना तिर्छौ भन्ने के थाहाँ॥
मुखमा राम राम बगलीमा छुरा हान्ने तिमी।
एकै चोटी बदनाममा छिर्छौ भन्ने के थाहा॥
|
एक मुक्तक (मान बहादुर के. सि.)
माहुरीको मह जस्तै बोली तिम्रो रसिलो होस्
उचाईको शिखर चुम्ने बिचार तिम्रो कसिलो होस्
सुखमय बितोस् जिबन यही छ मेरो शुभकामना
मनमा दु:ख भए पनि मुहार तिम्रो हसिलो होस्
- मंगल्सैन ८ अछाम
हाल-...
|
रुवाइ (सुसिल सुबेदी)
देंखे त तिमीलाई एकोहोरो हेर्वा हुन्छु
पत्थर तो कोमल रुप फेर्वा हुन्छु
जतिनै साहसी निडर म तर
किन तिम्रो सामु डर छेर्वा हुन्छु
|
रुवाइ - कुरा नगर (सुशिल सुवेदी)
हेर्या छैन कुरा नगर 'च्याको'
राख्छौ मैलो कुरा नगर 'छ्याको'
देख्छौ त्यो हो जुन त्यो तिम्रो
चोरी उस्ले कुरा नगर 'ल्याको'
|
पाँच मुक्तकहरु (असफल गौतम)
१.
भरिया दाइको नाम बेचेर यहा कुल्ली बनेका छौ
आफै राष्ट्रघाती कुरा गरी अर्कालाई भनेका छौ
अनुहारमा हेर त ! तिमी आफैलाई धिक्काने छौ
कठ्ठै आँगन पुर्नुछ भनेर मझेरी खनेका छौ ॥
...
|
रुवाइ - मन लाग्छ (सुसिल सुबेदी)
तिमी सँग सदै जसो बोल्न मन लाग्छ
शर्माएर मन्का कुरा खोल्न मन लाग्छ
कैले काही तिम्ले लत्याउद मलाई
घुर्क्याउदै पानीमा बिस घोल्न मन लाग्छ
|
मुक्तक - विश्वयुद्ध जितेर वीर (नवराज सुब्बा)
(एक)
विश्वयुद्ध जितेर वीर गोर्खाली हाँसियो
स्वदेशी छातीमा विदेशी तक्मा टाँसियो
कहिले होला सुभारम्भ तेस्रो विश्वयुद्धको ?
यता सत्रु हैन आफैलाई सिद्याउन आँटियो !
(दुइ)
बोकायौ बन्दूक...
|
झर्यौ (ऋषि बास्ताकोटि)
सानबाट झर्यौ तिमी, मानबाट झर्यौ,
खेलको सूत्रै बिगारेर मैदानबाट झर्यौ,
गाह्रै हुन्छ टाकुरामा टिकिराख्न साथी -
दुनियाले पुर्याएको स्थानबाट झर्यौ /
- भ्यानकुभर
क्यानाडा
|
केही मुक्तक (सुमन पोखरेल)
१
उन्नतिका आफ्नै परिभाषा सबका अर्थ आफ्ना आफ्नै
एउटै भिडमा मिसिएर खोज्दैछन् चर्चा आफ्ना आफ्नै
कसैलार्इ पीर देश डुबेको, कसैलार्इ कुर्सी गुमेको
आन्दोलनरत जनता र नेताका स्वार्थ...
|
स्यालहरु (विपु वाइवा)
बाघ मासियो स्यालहरु जिउँदैछन
ओडन छाला बाघको फेरी सिउँदैछन
जत्ति पिएनी अघाउँदै नअघाउँने
रक्त पिपाशु अझै रगत पिउँदैछन |||
|
बिडम्बना (ऋषि बस्ताकोटी)
बुझिएन राजनीति खै अँध्याराका कुरा भए
देश बनाउने बाचा सबै पंधेराका कुरा भए
माफ गर शहीद अब, सम्झिएरै पीडा हुन्छ
उठाउन को आउला खै गधेराका कुरा भए
- भ्याँकुवर
क्यानाडा
|
झुटो मिडिया (आनन्द रानोहोंछा)
खाई न-खाई भए पनि धाई रहनै पर्ने भयो ।
अखबारमा सधै नाम छाई रहनै पर्ने भयो ।।
हल्लाखल्ला गरि नरहे मर्यो भन्दा रैछन यहाँ
ढाडस गर्दै अब देखि आई रहनै पर्ने भयो ।।।
|
अब नाम होइन 'नाम्स्' हो रे (जिबिहांग राई)
अब नाम होइन 'नाम्स्' हो रे जमानै रिमिक्सको भन्छन
गर्ने काम होइन 'काम्स' हो रे जमानै रिमिक्सको भन्छन
मन्दिर पुगी "शिव शिव ","राम राम "जप्ने भक्त सुन
जप्ने राम होइन 'राम्स' हो रे जमानै रिमिक्सको...
|
|