| कथा/लोककथा |
बाघले झम्ट्यो... (गोविन्द वेल्वासे)
भान्ज विदुरलाई मोवाइलमा फोन गरेको, उनको मोवाइल फोनको स्वीच नै अफ रहेछ। अफिसको नम्वरमा फोन गर्दा सिधै उनले उठाउँदैनन्। त्यो पिएले को बोल्नुभएको, के काम थियो? भन्ने निदीखुदी पार्छिन्। तै पनि...
|
भूत (पदम भण्डारी)
मेरो बाल्यकालको साथी धेरै वर्षपछि गाउँ फर्क्यो । एसएलसी पास गरेपछि कलेज पढ्ने, जागीर खाने बहानामा उ शहरबाट गाउँ फर्केको थिएन । धेरै वर्षपछि बाल्यकालमा खेल्ने गरेको भवानी पुज्ने डाँडातिर...
|
जागिर (शारदा पराजुली)
काठमाडौँको विशालताभित्रको सानो कोठामा बसेकी थिइन् मिरामिस। एउटा पलङ, एउटा कुर्सी, सानो टेबल, त्यसमाथि टेलिभिजन, एकछेउमा सानो किचन टेबल, अर्को छेउमा भाँडाकुडाँ, चामलको बोरा, पोकापोकी आदिले...
|
टाउको पचासलाखको (डा. कविताराम श्रेष्ठ)
ऊसँग खबरपत्र किनेर पढ्ने क्षमता थिएन । जति कमाइ थियो त्यसले आफ्नो परिवार पाल्नसक्दैन ऊ । कसैले भनिदियो खबर छ रे अतङ्कवादीको टाउको ल्याएमा पचास लाख पाइन्छ । यसको पनि घटीवेसी मूल्य छ रे...
|
स्वर्गतिरको यात्रा (लक्ष्मण शर्मा)
असोज- कार्तिक तिरको कुरा हो, दशैको मौसम थियो। जताततै हरियाली छाएको थियो रङगीविरङ्गी फूलहरु फूलेका थिए। अझ गाँउतिरको एक पखेरो त लालीगुँरास फूलेर बेहुली सजाए जस्तै देखिन्थ्यो। अलि तल...
|
सालीक (मौलश्री लिम्बु)
देशको आन्दोलन दिनानुदिन चर्किरहेको थियो ।सम्पूर्ण राजनीतिक पार्टिहरु एक भएर राजतन्त्र विरुद्ध दिलोज्यान दिई गणतन्त्र स्थापना गर्नलाई संघर्षरत थिए।हाम्रो क्षेत्रबाट उ प्रमुख नाईके...
|
माइक र मेलिण्डा (हरिहर दाहाल)
माइक प्राय ११ बजे नै लन्चका लागि आउने गर्छ र उ सधै पहिलो ग्राहक हुन चाहन्छ र आज पनि उ सधैंझै सबैभन्दा पहिला नै आयो।
मैले उसलाइ रेस्टुरेन्टमा लन्च गर्न आउने क्रममा केहि नेपाली शब्दहरु "...
|
रक्तबीज ( मिलन बगाले)
एउटा ठूलो नक्सा गोलो टेबुलमाथी फिजारियो र गम्भीर बिमर्श थालियो।
केही बेरको विमर्शपछि टेबुल वरिपरि बसेका काला, गोरा, खैरा, चुच्चे, नेप्टे, थेप्चे सबैको हातमा एक–एक थान रातो कलम...
|
गरिबी (ठाकुर मान लामा)
"बाबु ठुलो भएपछि के बन्छौ ?"
"म ठुलो भएपछि डाक्टर बन्छु । "
छोराको यो जवाफमा रमाकान्त खुशी देखियो । तर आफ्नो जीवन गुजारा सम्झेर उ फेरी दुःखी भयो । कारण थियो जसोतसो महिनाभर खान्की ...
|
उ मुस्कुराइरहेको थियो (हरिहर दाहाल)
गाउँ भरी नै सम्मानित थियो उ|सामाजिक संघ-संस्था तथा स्थानिय सार्वजनिक महत्वका कुनै पनि कार्यक्रमहरुमा बिना उसको उपस्थिती कार्यक्रमनै खल्लो महसुस हुन्थ्यो|बिभिन्न संघ सस्था को सस्थापक...
|
सीपीको ढिपी (मिलन बगाले)
दाई ! अमेरिकाबाट पैसा आएसी हामीपनि दिनदिनै चना केराउ खानी है ?
सीपीको साईलो भाई केपीको यो मनै चिरिने आवाजले म झसङ्ग भए। मेरो आखा स्टिलको कचौरा तिर ठोकियो जसमा भिजेका चना केराउका दाना...
|
पागल (हरिहर दाहाल)
उनिहरु गाउँ बिकास समितिको सभा सकेर घर फर्कदै थिए एक्कासी बाटामा एउटा पागल आफ्नो गुप्ताङलाई हातले सुम्सुम्याउदै, सर्बाङग सडकमा कुद्दै गरेको देखेर महिला र बाल बच्चाहरु लाजले आँखा छोप्न...
|
हर्के (नरहरि मिश्र)
खुला हृदयको हर्केलाई कसैको रीस छ न डरत्रास नै । विहानै काम गर्न निस्कन्छ हर्के । कहिले मुखियाको टारी खेतमा त कहिले डिट्ठाको गैरी खेतमा । छाक टार्ने देखि लिएर छोराछोरीलाई ड्रेस कापी कलम मसी...
|
'फैसला' (मौलश्री लिम्बु )
छोरीको दाईजो प्रकृयामा खिचलो भई मुद्दा बनेर जिल्ला अदालतसम्म पुग्यो ।जायजेथा र सावगासले भ्याएसम्म दाईजो दिएकै थिएँ ।रै पनि चित्त बुझाउन सकेनन ।उनिहरुले माग राखे बमोजिमको रुपियाँ दस्तुर...
|
पढ्ने धोको (हिमाल दहाल)
'ए कान्छा, तँ पनि चिया खान्छस ?'
गलेर लखतरान देखिएको आफ्नो छोरालाइ उसले सोधी । छोरा बोलेन । टाउकाको टोपीले आफ्नो अनुहार सिनित्तै पुछ्यो । अनि त्यसैले हम्कन थाल्यो । पसल्नीले चिया...
|
भबिष्यवाणी (ठाकुरमान लामा)
रामप्रसाद जन्मदा ज्योतिषीले भबिष्यमा कि त उ धनी हुन्छ कि त उ जोगी हुन्छ भनेर भबिष्यवाणी गरिदिएका रहेका छन्। उ गरीब परिवारमा जन्मेको थियो त्यसैले उसको परिवारले पनि उ भबिष्यमा जोगी नै हुन्छ...
|
क्रम (एकल यात्री)
घरि दायाँ कोल्टे फेर्छ घरि बायाँ कोल्टे फेर्छ । एकैछिनमा लामो सास फेर्छ । अनि नाडीको घडीमा यस्सो आँखा दगुराउँछ ।
‘उफ्, कति लामो रात पनि’ मनमनै सुस्केरा हाल्छ ।
फेरि स्मृतिमा उही कुरा...
|
माक्लुङ (धनहाँङ लिम्बू)
लिम्बुवान, धनकुटाको हात्तीखर्कको एउटा गाउँ अद्यावधि माकलुङ गाउँले चिनिन्छ। त्यहाँको बासिन्दालाई 'माकलुङे टोली' भनेर सम्बोधन गर्ने चलन पनि छ।
“माकलुङ” शब्द लिम्बूभाषासँग...
|
वास्तव (विशद)
बिहानीको मधुरताले सिँगो दिन सुखमय बनाउँछ रे । तर यो बिहानीले राम्रो संकेत लिएर आएको थिएन । एक त रातभरि मुटु नै छेड्नेगरी आएका गोलीका आवाजहरुले अहिलेसम्म पनि डर दिइरहेको थियो अर्कोतिर...
|
मायाको क्यानभासमा (शर्मिला खड्का /दाहाल)
कथाकार दिवाकर नेपालीज्यू, तपाईको कथा 'कल्पनाको क्यानभास'मा पढे। अद्भूत लाग्यो। तपाई कसरी अमूर्त कलालाई मूर्तता दिन सक्नुहुन्छ। प्रेमको अमूर्त कलाको उद्बोधलाई मैले मुरीमुरी धन्यवाद दिए।...
|
|